काठमाडौं : शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बागलुङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले जित्ने दाबी गरेका छन्। मंगलबार जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा भएको चुनावी सभामा उनले यस्तो बताएका हुन्।उनले मतपत्रमा हँसिया हथौडा र रुखमा मात्रै हेर्न मतदाताहरूलाई आग्रह गरे। उनले भने,‘कुरा सिधा छ,यो ठाउँमा सजिलो छ,तपाइँहरुको आँखा पक्कै अरु ठाउँमा जाने छैन,हँसिया हथौडा र रुख यी दुई वटा कुरा हेरे पुग्छ,यसरी गएमा निर्वाचनमा जित्नेमा कुनै समस्या छैन।’ उनले