रिपोर्ट: ‘भोट मात्रै लिन्छन्,काम गर्दैनन्’

मध्य दिउँसो, ३९ डिग्रीको तातो घाम । छिटपुटबाहेक गर्मी छल्ने गरी बनाइएका होचा फुसका छाना भएका घर । घरमाथि कतै हँसिया हथौडा, कतै रुख र सूर्यअंकित झण्डा । कच्ची सडकमा धुलो उडाउँदै गुड्ने मोटर र टेम्पोमा पनि पार्टीका झण्डा । कैलालीको धनगढी उपमहानगरपालिका–१६ को व्युसाह टोलमा  अहिले चुनावका यस्तो चहल पहल देखिन्छ ।