काठमाडौं : भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ। मतगणनाको क्रममा धाँधली गर्न खोजेको एमालेको आरोपपछि मतगणना स्थगित हो। मतपत्रमा हँसिया हथौडा र रुख दुवैमा छाप देखिएकोमा गठबन्धनले सदर र एमालेले बदर हुनुपर्ने भनेपछि विवाद भएको थियो। महानगरमा पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल र एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन्। पछिल्लो मतपरिणामअनुसार रेनुले ५ हजार ३ सय ५० मत ल्याउँदा एमालेका सुवेदी ५ हजार ३ सय ३३ मत ल्याएका छन्। रेनु र सुवेदी बीच मत गणना सुरु भएदेखि