चैत जाँदा वैशाख लाग्दो, सुन माया सालको पात पलायो .....! गीतले भने झैँ वैशाखमा सालको पात मात्र पलाउँदैन, बिरुवामा पलाउने पालुवाले गाउँ, सहर र जङ्गलमा हरियाली पनि बढ्छ । रुख बिरुवामा फूल फुल्छन् । कलिला पात टिप्न होस्, जङ्गलमा मङ्गल गर्न होस् वा निर्माणको काम गर्न हँसिया हथौडा बोकेर जङ्गल पस्ने बेला पनि यही हो । वैशाखदेखि शैक्षिक सत्र पनि सुरु हुन्छ, कलमकापीका साथ नयाँ किताब बोकेर बालबालिका उत्साहका साथ नयाँ कक्षामा पस्छन् । गर्मी धेरै हुने भएकाले छाता बोक्ने बेला पनि वैशाखमै हो । साँझपख साइकल चढेर शीतल...