सङ्खुवासभा – चिचिला गाउँपालिका ३ पुखुवामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङभित्र ढुङ्गा खस्दा एक कामदारको ज्यान गएको छ । ज्यान गुमाउनेमा शुक्लाफाँट नगरपालिका १२ कन्चनपुरका ३७ वर्षीय कृष्ण राना रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले बताउनुभयो ।
बुधवार बिहान ८ः३० बजेको समयमा सुरुङभित्र काम गर्ने क्रममा ढुङ्गा (लुज) खस्दा रानाको घटनास्थलमै ज्यान गएको प्रहरीको भनाइ छ । त्यही ढुङ्गाले लाग्दा अर्का कामदार ५० वर्षीय मिठु राना घाइते हुनुभएको छ । घाइतेला...