वैशाख २३, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा पुनः एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।
कम्पनीले वैशाख २५ गतेदेखि लागू हुने गरी पुनः शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको नेप्से मार्फत जानकारी दिएको हो ।
अब कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल मार्फत हुनेछ ।