गरिमा बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं, १७ बैशाख । गरिमा विकास बैंकको ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ । बैंकले ८.७५ प्रतिशत गरिमा ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा क्यापिटललाई बिहीबार नियुक्त गरेको हो । बैंकले अब एक हजार रुपैयाँ अंकित १० लाख कित्ता बराबरको एक अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र भोलिबाट विक्री खुला हुँदै

जेठ २४, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ८ दशमलव ५ प्रतिशतको आरबीबीएल डिवेन्चर २०८३ नामक ऋणपत्र मंगलवारबाट खुला गर्ने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । प्रतिकित्ता रू. १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाई विक्री गरिने र सोका लागि ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड र निष्काशनकर्ता कम्पनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आपसी सहमतिमा विक्री वितरण गरिने छ । साथै, सर्वसाधारणका लागि छुट्याइएको ४० प्रतिशत अर्थात् १० लाख कित्ता भने सर्वसाधारण कालागि सार्वजनिक निष्काशनबाट ऋणपत्र विक्री गरिनेछ ।  छिटोमा जेठ २८ गते र ढिलोमा असार ८ गतेसम्म विक्रीमा रहने उक्त ऋणपत्र खरीदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।  ऋणपत्र खरीदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

गरिमाको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

गरिमा विकास बैंकले एनआईबिएल एस क्यापिटललाई ऋणपत्र निष्काशनका लागि बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकले ८.७५ प्रतिशत गरिमा ऋणपत्र निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिएको छ ।बंैकले एक हजार रुपैयाँ अंकित दश लाख कित्ता बराबरको एक अर्ब रकम बराबरको ऋणपत्र निष्काशन गर्ने जनाएको छ ।बैंकले २०६४ साल असोजबाट वित्तीय कारोबार गर्न नेपाल […]