साहस उर्जा कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

असोज १८, काठमाडौं । साहस उर्जा कम्पनी लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुको शेयर दाखिला खारेज लगायतको शेयरसँग सम्बन्धीत सबै काम गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो । आइतवार साहस उर्जा लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीका प्रबन्ध सञ्चालक सुशिल थापा र  क्यापिटलका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित सामग्री

साहस उर्जाको शेयर डिम्याट खातामा

साहस उर्जाले निष्काशन गरेको शेयर लगानीकर्ताको डिम्याट खातामा आउँन थालेको छ । सिडीएससी एण्ड क्लियारिंगले हिजो मंगलबारबाट शेयरधनीको खातामा शेयर पठाउन थालेको हो ।  खातामा शेयर आएसंगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर सुचिकृत भएको भोलिपल्टबाट शेयर कारोबार सुचारु हुने छ ।  कम्पनीको SAHAS सिम्बलबाट कारोबार हुने छ ।  कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल रहेको छ। साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि १० गतेसम्म आइपीओ बिक्रि खुला गरेको थियो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशन गरेको हो । ७० लाख कित्ता मध्ये ३ प्रतिशत सेयर २ लाख १० हजार कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फण्डको लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो।  साहस उर्जाको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा ६ लाख ४४ हजारले मात्र १० कित्ताका दरले आइपीओ पाएका छन्। कुल आबेदन मध्ये २३ लाख ८३ हजार ४६० जनाको आबेदन मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आबेदन रद्द भएको थियो ।  रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जना मध्येबाट ५ लाख ४० हजारले १० कित्ता सेयर पाएका हुन्। कुल आबेदन मध्ये ११ हजार ९९६ जनाको आबेदन रद्द भएको थियो  भने ५ हजार २ सय ८५ वटा आबेदन डीसक्यालीफाईड भएका थिए ।  कम्पनीले ८६ मेगावाट क्षमताको सोलुखोला (दुधकोशी) जलविद्युत आयोजनाको विकास निर्माण गरिरहेको छ । उक्त आयोजनाको प्रमुख पानीको स्रोत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिका लगायतका गाउँपालिकाहरुमा अवस्थित सोलु खोलाको पानी रहेको छ । सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना (८६ मेगावाट) बाट उत्पादन हुने विद्युत खरीद विक्रीको लागि नेपाल विद्युत प्राधिकरणसँग मिति २०७१÷११÷१३ मा सम्झौता भएको छ । उक्त सम्झौताको समय अवधि व्यापारिक उत्पादन शुरु हुने मितिले ३० वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम रहनेछ । कम्पनीले आगामी जेठ २० गतेदेखि व्यापारिक उत्पादन गर्ने कार्य तालिका बनाएको छ । यो नेपालमा स्वदेशी लगानी मै निजि क्षेत्रले निर्माण गरिरहेको सबैभन्दा ठूलो क्षमताको आयोजना हो ।

साहस उर्जाको आईपीओमा मागभन्दा ५.६२ गुणा बढी आवेदन

असोज १०, काठमाडौं । साहस उर्जा लिमिटेडको आईपीओ मागभन्दा ५ दशमलव ६२ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आइतवार अर्थात् अन्तिम दिन साँझ ५ बजे सम्ममा २४ लाख ६२ हजारभन्दा बढी आवेदकबाट ३ करोड ४३ लाख कित्ताका लागि आवेदन परेको हो ।  कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । निष्कासन गर्ने कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको थियो ।  बाँकी रहको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणले आवेदन दिएका हुन् । कम्पनीले निष्कासन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणको लागि आईपीओ निष्कासन बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ५० करोड पुग्नेछ ।  कम्पनीले हाल सोलुखुम्बु जिल्लाको सोलुदुधकण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिकामा ८६ मेगावट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट २०७९ जेठ २० गतेदेखि विद्युत् उत्पादन हुने सम्भावना रहेको कम्पनीले जानकारी गराएको छ ।

साहस उर्जाको आईपीओमा दोस्रो दिनसम्म २.८८ गुणाभन्दा बढी आवेदन

असोज ७, काठमाडौं । साहस उर्जा लिमिटेडको आईपीओमा दोस्रो दिनको अन्त्यसम्ममा २ दशमलव ८८ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बिहीवार साँझ ५ बजेसम्म १२ लाख ७१ हजार जना आवेदकबाट १ करोड ८६ लाख कित्ताका लागि आवेदन परेको हो ।  यो आवेदन सर्वसाधारणको लागि माग गरेभन्दा २ दशमलव ८८ गुणा बढी आवेदन परेको हो । कम्पनीले भदौ ६ गतेदेखि रू. ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।  निष्कासन गर्ने कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता शेयर कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकी रहको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।  आईपीओ बन्द मिति छिटोमा असोज १० गतेसम्म रहेको छ । उक्त समय अवधिमा पूर्ण आवेदन नपरेमा असोज २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीले निष्कासन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यलयबाट र मेरो शेयर मार्फत अनलाइनबाट शेयर भर्न सक्नेछन् ।  धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणको लागि आईपीओ निष्कासन बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ५० करोड पुग्नेछ । कम्पनीले हाल सोलुखुम्बु जिल्लाको सोलुदुधकण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिकामा ८६ मेगावट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट २०७९ जेठ २० गतेदेखि विद्युत् उत्पादन हुने सम्भावना रहेको कम्पनीले जानकारी गराएको छ ।

पहिलो दिन नै ५ लाख बढीले भनेर साहस उर्जाको आईपिओ, कति पर्यो आवेदन ?

साहस उर्जा लिमिटेडले निष्काशन गरेको आईपिओमा पहलो दिन नै माग भन्दा बढीको आवेदन परेको छ  । कम्पनीको आईपिओमा आज साँझसम्ममा ५ लाख १८ हजार ८ सय ७२ जना आवेदकबाट ७७ लाख ९१ हजार ५ सय ८० कित्ता शेयरको लागि आवेदन परेको छ  । यो माग भन्दा १.२० गुणा बढी हो  । ८६ मेगावाटको सोलु खोला हाइड्रोइलेक्ट्रिक आयोजनाबाट  निर्माण गरिरहेको साहस उर्जाले आज असोज ६ गते बुधबारबाट सर्वसाधारणको लागि साधारण सेयर निष्काशन बिकी खुला गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशन गरेको हो । ७० लाख कित्ता मध्ये ३ प्रतिशत सेयर २ लाख १० हजार कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फण्डको लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ। इच्छुकले कम्तिमा १० र बढीमा १० लाख ५० हजार सम्म आबेदन दिन पाउनेछन्।  शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस आईपिओमा असोज १० सम्म आवेदन दिन सकिने छ । कम्पनी परिचय : साहस उर्जा लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत साहस उर्जा प्राईभेट लिमिटेडको नामबाट मिति २०७०÷१०÷१९ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई मिति २०७१÷०५÷२९ गते कम्पनी रजिष्ट्रारको कार्यालयको निर्णय अनुसार प्रा.लि. बाट परिवर्तन भई पब्लिक लिमिटेडको रुपमा साहस उर्जा लिमिटेडको नामबाट दर्ता भएको कम्पनी हो । कम्पनीको कारोवार गर्ने मुख्य स्थान कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका वडा नं. १, हात्तीसारमा र आयोजनास्थल, जलविद्युत उत्पादन केन्द्र तथा अन्य भौतिक पुर्वाधारहरु सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिका, सोलुखुम्बु जिल्लामा अवस्थित रहेकोछ । कम्पनीमा हाल ८०८७ जना संस्थापक शेयरधनी रहेका छन् । कम्पनीको प्रवन्धपत्र तथा नियमावली अनुसार जारी पूँजीको ७० प्रतिशत संस्थापक शेयर, १० प्रतिशत सोलुखुम्बु जिल्लाका वासिन्दा र २० प्रतिशत सर्वसाधारण, कम्पनीमा कार्यरत कर्मचारी र अन्य शेयरधनीहरुको लागि छुट्टयाइ बांडफांड गर्ने व्यवस्था रहेको छ । संगठित संस्थाले कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दुधकोशी) जलविद्युत आयोजनाको विकास निर्माण गरिरहेको छ । उक्त आयोजनाको प्रमुख पानीको स्रोत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिका लगायतका गाउँपालिकाहरुमा अवस्थित सोलु खोलाको पानी रहेको छ ।संगठित संस्थाको सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना (८६ मेगावाट) बाट उत्पादन हुने विद्युत खरीद विक्रीको लागि नेपाल विद्युत प्राधिकरणसँग मिति २०७१÷११÷१३ मा सम्झौता भएको छ । उक्त सम्झौताको समय अवधि व्यापारिक उत्पादन शुरु हुने मितिले ३० वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम रहनेछ । कम्पनीले आगामी जेठ २० गतेदेखि व्यापारिक उत्पादन गर्ने कार्य तालिका बनाएको छ । यो नेपालमा स्वदेशी लगानी मै निजि क्षेत्रले निर्माण गरिरहेको सबैभन्दा ठूलो क्षमताको आयोजना हो । कम्पनीले आगामी जेठबाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । यो पनि : साहस उर्जाको आईपिओ रिभ्यु: आकर्षक र निजि क्षेत्र कै ठूलो आयोजना, यसै वर्षदेखि लाभांश

साहस उर्जाको आईपिओ आजदेखि, यस्तो छ कम्पनी रिभ्यु

८६ मेगावाटको सोलु खोला हाइड्रोइलेक्ट्रिक आयोजनाबाट  निर्माण गरिरहेको साहस उर्जा लिमिटेडले आज असोज ६ गते बुधबारबाट सर्वसाधारणको लागि साधारण सेयर निष्काशन बिकी खुला गरेको छ । साहस उर्जाले प्रति कित्ता १०० रुपैयाँका दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशन गरेको हो । ७० लाख कित्ता मध्ये ३ प्रतिशत सेयर २ लाख १० हजार कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फण्डको लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको छ। इच्छुकले कम्तिमा १० र बढीमा १० लाख ५० हजार सम्म आबेदन दिन पाउनेछन्।  शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस आईपिओमा असोज १० सम्म आवेदन दिन सकिने छ । कम्पनी परिचय : साहस उर्जा लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत साहस उर्जा प्राईभेट लिमिटेडको नामबाट मिति २०७०÷१०÷१९ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई मिति २०७१÷०५÷२९ गते कम्पनी रजिष्ट्रारको कार्यालयको निर्णय अनुसार प्रा.लि. बाट परिवर्तन भई पब्लिक लिमिटेडको रुपमा साहस उर्जा लिमिटेडको नामबाट दर्ता भएको कम्पनी हो । कम्पनीको कारोवार गर्ने मुख्य स्थान कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौं जिल्ला, काठमाण्डौं महानगरपालिका वडा नं. १, हात्तीसारमा र आयोजनास्थल, जलविद्युत उत्पादन केन्द्र तथा अन्य भौतिक पुर्वाधारहरु सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्ग दुधकोशी गाउँपालिका, सोलुखुम्बु जिल्लामा अवस्थित रहेकोछ । कम्पनीमा हाल ८०८७ जना संस्थापक शेयरधनी रहेका छन् । कम्पनीको प्रवन्धपत्र तथा नियमावली अनुसार जारी पूँजीको ७० प्रतिशत संस्थापक शेयर, १० प्रतिशत सोलुखुम्बु जिल्लाका वासिन्दा र २० प्रतिशत सर्वसाधारण, कम्पनीमा कार्यरत कर्मचारी र अन्य शेयरधनीहरुको लागि छुट्टयाइ बांडफांड गर्ने व्यवस्था रहेको छ । संगठित संस्थाले कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दुधकोशी) जलविद्युत आयोजनाको विकास निर्माण गरिरहेको छ । उक्त आयोजनाको प्रमुख पानीको स्रोत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिका लगायतका गाउँपालिकाहरुमा अवस्थित सोलु खोलाको पानी रहेको छ ।संगठित संस्थाको सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना (८६ मेगावाट) बाट उत्पादन हुने विद्युत खरीद विक्रीको लागि नेपाल विद्युत प्राधिकरणसँग मिति २०७१÷११÷१३ मा सम्झौता भएको छ । उक्त सम्झौताको समय अवधि व्यापारिक उत्पादन शुरु हुने मितिले ३० वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम रहनेछ । कम्पनीले आगामी जेठ २० गतेदेखि व्यापारिक उत्पादन गर्ने कार्य तालिका बनाएको छ । यो नेपालमा स्वदेशी लगानी मै निजि क्षेत्रले निर्माण गरिरहेको सबैभन्दा ठूलो क्षमताको आयोजना हो । कम्पनीले आगामी जेठबाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । यो पनि : साहस उर्जाको आईपिओ रिभ्यु: आकर्षक र निजि क्षेत्र कै ठूलो आयोजना, यसै वर्षदेखि लाभांश

साहस उर्जाले आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट

भदौ २९, काठमाडौं । साहस उर्जा लिमिटेडले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुको लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ ।  कम्पनीले साउन २९ गतेदेखि भदौ ११ गतेसम्म ३५ लाख कित्ता साधारण शेयरको निष्कासन गरेको थियो । सो अवधिमा रितपूर्वक आवेदन दिएका आवेदकहरुलाई बाँडफाँट सम्बन्धी प्रचलित कानून बमोजिम ३५ लाख कित्ता साधारण शेयर भदौ २८ गते बाँडफाँट गरेको जानकारी गराएको हो ।  साथै, बाँडफाँटमा नपरेको रकम सम्बन्धित आवेदकहरुको बैंक खातामा पठाउने पनि जानकारी दिएको छ । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।