इलाम : आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि इलाममा चुनावी चर्चा सुरु भइसकेको छ।नेपाली राजनीतिमा प्रत्यक्ष प्रभाव राख्न सक्ने २ जना प्रभावशाली हेभिवेट नेताहरू भएको जिल्ला भएको कारण पनि इलामलाई अर्थपूर्ण रूपमा हेरिएको छ।विगत ३ दशक अघिझैँ यसपटक वामपन्थी धारका झलनाथ खनाल र सुवास नेम्वाङ दुवैको उम्मेदवारी इलामबाटै रहनेछ। अघिल्ला निर्वाचनमा एउटै दलबाट उम्मेदवार बनेका नेम्वाङ र खनाल यसपटक भने फरक दलको प्रतिनिधित्व गर्दैछन्।नेकपा विभाजनपछि नेम्वाङ एमालेमै रहँदा खनालले माधव नेपा