बझाङ : न्यायाधीशसहित एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला अदालत बझाङले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ।सेवाग्राही र अन्य कर्मचारीलाई कोरोना सर्ने जोखिम बढेपछि जिल्ला अदालत बझाङले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो।स्वास्थ्य परीक्षण गर्दा जिल्ला न्यायाधीश लगायत कर्मचारीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो।कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर माघ १४ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जनाएको छ।संक्रमण नियन्त्रणमा नआए थप केही दिन सेवा रोकिने पनि बताइएको