अर्थमन्त्रीले निजी क्षेत्रलाई भने- समस्या परेकै बेलामा बढी नाफा लिउँ भन्ने मानसिकता परिवर्तन हुनुपर्छ कि पर्दैन ?

काठमाडौ। अर्थमन्त्री जनार्दन शर्माले देश समस्यामा परेकै बेलामा बढी नाफा लिउँ भन्ने मानसिकता परिवर्तन हुन पर्छ कि पर्दैन ? भनेर निजी क्षेत्रलाई प्रश्न गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो वार्षिक साधारण सभामा सोमवार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन। कार्यक्रममा बोल्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले डरलाग्दो गरि बढेको आयात घटाउन राष्ट्र बैंकले १८ वटा आईटममा ५० र १०० प्रतिशतको एलसी मार्जीन राख्नुपर्ने नीति बनाएको भन्दै त्यो एकदमै सानो भएकोले बढाउनु पर्ने आवश्यक्ता रहेको बताएका थिए । उनले यसो गरेमा बैंकको लिक्विडिटीलाई र आयात घाटाउन समेत सहयोग गर्ने बताएका थिए । आयात घट्यो भने राजश्व घट्ने तर अहिले नेपाल आपतकालिन अवस्थामा रहेकोले कृषिमा भन्सार बढाउन नसकिने बरु १५ प्रतिशत अन्य भन्सार बढाउनु पर्ने गोल्यानले बताएका थिए । गोल्यानलेलाई इंगित गर्दै शर्माले कसलाई बढी कर लगाउने , कसलाई कम लगाउने भन्ने विषयमा छलफल गर्न सकिने भएपनि समस्या परेको बेलामै बढी नाफा लिउँ भन्ने मानसिकता परिवर्तन हुन पर्छ कि पर्दैन? भन्दै प्रतिप्रश्न गरेका थिए । ‌ निजी क्षेत्रको प्रगतीले देश विकास हुने हो तर आयातमा नभई उत्पादनमा  प्रगती हुनुपर्नेमा उनले जोड दिए ।  'उत्पादन मुखी अर्थतन्त्रमा लागौ, सरकारले उत्पादन क्षेत्रमा सहजीकरण गर्नुपर्छ र निजी क्षेत्र पनि त्यसमा लाग्न पर्योे, आयातमा मात्रै होईन ।' उनले भने 'उत्पादन र रोजगारीमा जोड दिन पर्छ ।' कोभिडका कारण २ वर्ष निस्सासिएर बसेको साना लगानी कर्ता एकै पटक आउन खोज्दा समस्या देखिएको उनको भनाई छ । 'तरलता अभावको समस्या छ, व्यवस्थापन गर्दैछौ । माघ महिना सम्ममा समाधन हुन्छ ।' उनले भने।   संकटको बेला बढि नाफा कमाउँ भन्ने प्रवृतीगत समस्या भएको भन्दै अहिले अर्थतन्त्र सवल बनाउने बेला भएकाले एकले अर्कोलाई सहयोग पुर्याेउन उनले आग्रह गरे ।  हाल वित्तीय क्षेत्रका समस्याको बिशिष्टिकरण नभएको तथा बैंकर पनि उद्यमी पनि हुँदा तथ्यगत कुरा नआउने उनले बताए । राज्यको कुल जीडीपीमा ७२ प्रतिशत निजी क्षेत्रको र १८ प्रतिशत बैंकिङ क्षेत्रको योगदान रहेको बताउँदै दुवै महत्वपुर्ण रहेको शर्माले बताए ।  बजेट खर्च सोचेअनुसार नभएको भन्ने कुरा उठिरहेको भन्दै शर्माले चालु बजेटमा चालु खर्च ३८ प्रतिशत भएको र वित्तीय खर्च ९ प्रतिशत भएको  बताए । आँफुले चाहेर पनि खर्च गर्न नसकेको स्विकार्दै उनले भने 'अर्थले आँफै खर्च गर्न मिल्दैन सहजीकरण मात्रै गर्ने हो । त्यो खर्च गर्ने छ्ट्टै सयन्त्रहरु छन्।'  ‘पुरा बजेट मैले चलाएको छैन । ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य स्वभाविक नै हो । कोरोनाको नयाँ नयाँ भेरियन्टले त्रसित बनाएको छ । तर सो लक्ष्य प्राप्ती मा हामि लागेका छौ ।’   आफुले लिएको नीतिले लगानीको क्षेत्र बिस्तार भएको भन्दै, बिदेशमा भएका नेपालीले पनि सजिलै डिपोजिट गर्ने तथा विदेशी संस्थाले समेत नेपालमा डिपोजिट गर्नसक्ने व्यवस्था गर्न लागेको उनले बताए।  रेमिट्यान्स बैंकिङ प्रणाली भन्दा बाहिर बाट आएकोले तरलता अभाव, मुद्रा सञ्चितीकरण लगायतको समस्या आएको व्यवसायीहरुले बताएका थिए ।  रेमिट्यान्स बैंकिङ प्रणालीबाट आउन पर्ने हो । साउथ कोरिया, जापान, ईलजरायल लगायतका देशबाट रेमिट्यान्स त आएको छ तर प्रणाली भन्दा बाहिर बाट । ती देशमा बैकका शाखा खोल्न मन्त्री शर्माले आग्रह गरे । बैंक लगानीकर्ता वा निक्षेपकर्ता मध्ये जस्लाई समस्या परेपनी सबैलाई असर पर्ने शर्माले बताए ।  त्यसैले कुनै एक क्षेत्र नभइ समग्र रुपमा समस्या समाधान हुन जरुरी छ । निरन्तर रेमिट्यान्स घटेको छ । यो महिना मात्रै करिब २ अर्बले घटेर ७६ अर्बमा झरेको शर्माले बताए ।