निफ्रामा लगानी गर्नेको सम्पत्ति एक वर्षमै ५२ अर्ब घट्यो, किन घटिरहेको छ मूल्य ? जान्नुहोस ३ कारण

चैत २२, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्टर बैंक (निफ्रा)ले विभिन्न परियोजना निर्माणका लागि लगानी सम्झौता गरिरहेको छ । भरखरै पनि निफ्राले विशेष आर्थिक क्षेत्र (सेज)सँग उद्योग विस्तार गर्न ५ अर्ब ७० करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेको छ ।  यो बाहेक पाँचखाल स्मार्ट सिटी विकास गर्न सम्झौता गर्नुका साथै नेपालमा उत्पादिनत विद्युत् अन्तरराष्ट्रिय बजारमा विक्री गर्न विद्युत् कम्पनी खडा गर्न समेत ऊर्जा तथा जलस्रोत मन्त्रालयमा प्रस्ताव बुझाइ सकेको छ । उक्त प्रस्तावलाई मन्त्रालयल पनि सकारात्मक रूपमा लिएको छ । चाँडैनै विद्युत् विक्री गर्न अनुमति दिने बारे मन्त्रालयमा छलफल भइरहेको बताइएको छ ।   यस्तै कम्पनीले चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रेमासको वित्तीय विवरण पनि सकारात्मक नै देखिन्छ । उक्त विवरणमा कम्पनीको खुद नाफा ४४ करोड २६ लाख रुपैयाँ छ । गत आवको तुलनामा यो नाफा २५ प्रतिशतले वृद्धि भएको हो । योसँगै वितरण योग्य मुनाफा पनि ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ ।  तर, अहिलेसम्म केही लगानी नै नगरेका कम्पनी र तिनका वित्तीय विवरणसँगै शेयरमूल्य हेर्दा यो कम्पनीको शेयरमूल्य न्यून देखिन्छ । अहिले यो कम्पनीको शेयरमूल्य दोस्रो बजारमा पहिलो कारोबारका लागि पाएको मूल्यरेञ्जभन्दा कम छ । चैत २२ गते (आज) को कारोबारलाई हेर्दा यो कम्पनीको शेयरमूल्य ३१7 रुपैयाँ रहेको छ ।  किन घट्दै छ निफ्राको शेयरमूल्य ? केही समयदेखि शेयर बजार लगातार घटिरहेको छ । यसले गर्दा पनि निफ्राको शेयरमूल्यमा प्रत्यक्ष प्रभाव परेको देखिन्छ । अहिले यो कम्पनीको मात्रै नभएर वित्तीय विवरण सकारात्मक भएकै अन्य कम्पनीहरूको पनि शेयरमूल्य घटेको छ । घट्दो बजारमा सबै कम्पनीको मूल्य घटेका कारण निफ्राको शेयर मूल्य पनि प्रभावित भएको लगानीकर्ताहरू बताउँछन् । योबाहेक निफ्राले यो वर्ष लगानीकर्तालाई १ करोड ६० लाख कित्ता शेयर बोनसका रूपमा वितरण गरेकाले पनि शेयरको भोलुम बढ्न गएको छ । आइपीओ जारी गर्दा नै सबैभन्दा ठूलो भोलुमको आईपीओ निकालेको कम्पनीको बजारमा शेयर सप्लाई बढी छ । यसले पनि मूल्य घटाउन सहयोग गरेको छ । निफ्राको शेयर मूल्य घट्नुको अर्को कारण भनेको निफ्राले गरेको लगानी दीर्घकालीन भएकोले प्रतिफल पाउन पनि लामै समय कुर्नुपर्ने मनोविज्ञान रहेको लगानीकर्ताहरू बताउँछन् ।   एक वर्षमा ५२ अर्ब ७२ करोड घट्यो लागनीकर्ताको सम्पत्ति  निफ्रामा लगानी गर्ने लगानीकर्ताको सम्पत्ति एक वर्षमा ५२ अर्ब ७२ करोड ८० लाख रुपैयाँ घटेको छ । एक वर्षअघिको तुलनामा निफ्राको शेयर संख्या बढे पनि शेयरमूल्य घटेसँगै लगानीकर्ताको सम्पत्ति घटेको हो ।  एक वर्षअघि २०७७ चैत २४ गते कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६०६ रुपैयाँ थियो । उक्त दिन कम्पनीको बजार पूँजीकरण (सम्पत्तिको मूल्य) १ खर्ब २१ अर्ब २० करोड रुपैयाँ थियो । तर, कम्पनीले बोनस शेयर दिएर शेयर कित्ता बढेसँगै बजार पूँजीकरण पनि घटेको छ । प्रतिकित्ता बजार मूल्य ३१८ रुपैयाँमा आउँदा कम्पनीको अहिलेको बजार पूँजीकरण ६८ अर्ब ४७ करोड २० लाख रुपैयाँमा झरेको छ ।  निफ्राको पहिलो शेयर कारोबार रू. ३४० देखि खुला भएको थियो । धितोपत्र दोस्रो बजारमा २०७७ फागुन २ गतेदेखि कारोबारमा आएको यो कम्पनीको शेयर कारोबार अहिले मूल्य रेन्जभन्दा कममा कारोबार भइरहेको छ । 

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थः मूल्य घट्यो, घटेन मूल्य

काठमाडौं, साउन २३ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य चार महिनायता प्रतिब्यारेल झन्डै २५ डलरले घटेको छ। मूल्य घटेका आधारमा इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर नेपाल आयल निगमलाई दुई पटक बिल पठाएको पनि छ तर निगमले भने मूल्य घटाउने सोच पनि बनाएको छैन। अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिब्यारेल इन्धनको मूल्य घटेर ९४.९२ डलरमा झरेको छ। […]

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो ।   निगमका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावअनुरुप मूल्य घटाइएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५३ रूपैयाँ पर्नेछ ।अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि मूल्य घटाइएको निगमले जनाएको छ ।  सरकार

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । साताको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । एक सातादेखि सुनको मूल्य घट्दो अवस्थामा छ । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजाबी सुन र चाँदीको प्रतितोला मूल्य क्रमशः ९९ हजार ३ […]

दूधको मूल्य वृद्धि हुँदा अरू के–के को मूल्य बढ्छ ?

सरकारले मन्त्रीपरिषद्को बैठकबाट दूधको समर्थन मूल्य बढाएको छ । यसअघि, प्रतिलिटर मूल्य ४९.५२ रुपैयाँ कायम दूधको मूल्य ६.५२ रुपैयाँ अर्थात् १३.१७ प्रतिशतले बढेर ५६.०४ रुपैयाँ पुगेको छ । यद्यपि, किसानले पाउने मूल्य तोकिए पनि अहिलेसम्म उपभोक्ताले किन्ने मूल्य तोकिएको छैन । यसअघि प्रतिलिटर ७६ रुपैयाँ कायम दूधको उपभोक्ताले किन्ने मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएर ८६ रुपैयाँ पुर्‍याउने तयारी भइरहेको बताइएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा किसानहरूले दुई महिना अघि दूधको उत्पादन लागत बढ्दा मूल

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो

११ माघ, काठमाडौं । मगंलबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा पाँच सय रुपैयाँमा बढ्दा चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ तोकिएको छ भने तेजावी चाँदीको मूल्य ९३ हजार पाँच […]

रोयल इनफिल्ड बाइकको मूल्य बढ्यो, नयाँ मूल्य कति ?

रोयल इनफिल्डले आफ्नो मोडलहरूमा मूल्य वृद्धि गरेको छ । विभिन्न दुई पाङ्ग्रे ब्रान्डको मूल्य बढेको समयमा रोयल इनफिल्डले पनि बाइकको मूल्य मा बढाएको हो ।

यस्तो छ आजको डलर मूल्य

काठमाडौं। आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद मूल्य ११९.१३ रुपैयाँ र बिक्री मूल्य ११९.७३ रुपैयाँ कायम गरेको छ। यसैगरी आज एक यूरोको खरिद मूल्य १४१.४७ रुपैयाँ र बिक्री मूल्य १४२.१८ रुपैयाँ कायम भएको छ। केन्द्रीय बैंकले आज एक पाउण्डको खरिद मूल्य १६५.६२ रुपैयाँ र बिक्री मूल्य १६६.४५ रुपैयाँ कायम गरेको हो।

यस्तो छ आजको डलर मूल्य

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक डलरको बिक्री मूल्य ११९.२३ रुपैयाँ र खरिद मूल्य ११८.६३ रुपैयाँ भएको बताएको छ। यसैगरी १ युरोको खरिद मूल्य १४१.०३ रुपैयाँ र बिक्री मूल्य १४१.७४ रुपैयाँ तय गरेको छ। यसका साथै एक पाउण्डको खरिद मूल्य १६४.३४ रुपैयाँ र १६५.१८ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ।

यस्तो छ आजको डलरको मूल्य

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक डलरको बिक्री मूल्य ११९.०६ रुपैयाँ र खरिद मूल्य ११८.४६ रुपैयाँ तोकेको छ। यसैगरी १ युरोको खरिद मूल्य १४१.१० रुपैयाँ र बिक्री मूल्य १४१.८१ रुपैयाँ तय गरेको हो। यसका साथै एक पाउण्डको खरिद मूल्य १६४.१६ रुपैयाँ र १६४.९९ रुपैयाँमा बिक्री गर्ने भएको हो।

यस्तो छ आज डलरको मूल्य

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११७.१९ र खरिद मूल्य ११६.५९ रुपैयाँ तोकेको छ। यस्तै एक युरोको बिक्री मूल्य १४२.५७ र खरिद मूल्य १४१.८४ रुपैयाँ र पाउण्ड स्टर्लिङको बिक्री मूल्य १६५.२१ र खरिद मूल्य १६४.३७ रुपैयाँ तोकिएको छ।