काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ प्रतिशत घटेको छ ।
गत आवमा रू. १ अर्ब २ करोड नाफा कमाएको बैंकले चालू आवमा रू. ८० करोड ६२ लाखमात्र नाफा कमाएको हो । चालू आवमा कम्पनीको इम्पेरिमेन्ट चार्ज र सञ्चालन नाफा पनि बढेको छ । गत आवमा रू. १० करोड ७ लाख रहेको कम्पनीको इम्पेरिमेन्ट चार्ज चालू आवमा रू. ७७ करोड ९० लाख पुगेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा २१ प्रतिशत घटेको हो ।
त्यस्तै गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २६ प्रतिशत वृद्धि भएको छ । गत आवमा रू. २ अर्ब ४० करोड खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवमा यो आम्दानी रू. ३ अर्बभन्दा बढी पुर्याएको छ । चालू आवमा कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ ।
गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ १९ पैसा रहेकोमा चालू आवमा घटेर रू. १६ दशमलव ७४ मा कायम भएको हो । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात २४ दशमलव १३ गुणा, तरलता अनुपात २४ दशमलव ४७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३७ दशमलव ४९ रहेको छ ।
१३ दशमलव ५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब ४२ करोड पुगेको छ । त्यस्तै कम्पनीले जगेडामा रू. २ अर्ब ४४ करोडभन्दा बढी सञ्चित गरेको छ । रिटेन्ड अर्निङ भने कम्पनीको रू. ३ करोड ५२ लाख ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको वितरणयोग्य नाफा पनि रू. ३ करोड ५२ लाख ऋणात्मक रहेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्