१० विकास बैंकको ‘रिटर्न अन इक्विटी’ घट्यो

काठमाडौं ।  गत आर्थिक वर्ष (आव) मा वाणिज्य बैंकसँगै अधिकांश विकास बैंकको ‘रिटर्न अन इक्विटी (आरओई)’ अर्थात् लगानीमा प्रतिफल अघिल्लो वर्षको तुलनामा घटेको पाइएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १६ विकास बैंकमध्ये १० ओटाको आरओई गतवर्षको तुलनामा घटेको हो । इक्विटीमा प्रतिफल घट्नुलाई बैंक तथा वित्तीय संस्थामा लगानी गरेका शेयरधनीको प्रतिफल घटेको बुझिने विश्लेषकहरू बताउँछन् ।  आरओईले शेयरमा गरिएको लगानीबाट लगानीकर्ताले कुन दरमा प्रतिफल पाउन सक्छन् भन्ने विषयको जानकारी गराउँछ । कुनै कम्पनीले एकै क्षेत्रका अन्य कम्पनीको तुलनामा निरन्तर राम्रो प्रदर्शन गरिरहेको छ कि छैन भन्ने थाहा पाउन भ्यालू इन्भेस्टरहरूले आरओई विश्लेषण गर्छन् ।  कुल सम्पत्तिबाट बाह्य दायित्व (शेयरहोल्डरबाहेकको दाबी) घटाउँदा इक्विटी प्राप्त हुन्छ । र गणितीय हिसाबमा खुद नाफालाई कुल इक्विटीले भाग गर्दा आरओई प्राप्त हुन्छ । कम्पनीले इक्विटीमा प्रतिफल जति लामो समयसम्म राम्रो दिइरहेको छ, लगानीका लागि त्यो त्यत्ति नै राम्रो मान्नुपर्छ । आरओई कम्पनीको नाफा गर्नसक्ने क्षमता र कति प्रभावकारी रूपमा नाफा उत्पन्न गर्छ भन्ने मापन गर्ने साधन हो । धेरै आरओई भएका कम्पनीहरू लगानीका लागि राम्रो मानिन्छन् । आरओई तुलना गर्दा एउटै सेक्टरका कम्पनीहरूबीच तुलना गर्नुपर्छ ।  सामान्यतया कुनै पनि बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने लगानीकर्ताले त्यसको प्रतिफल १५ देखि २० प्रतिशतसम्म पाउने अपेक्षामा लगानी गरेका हुन्छन् भने सोही अनुपातमा आरओई भएको बैंकलाई राम्रो आम्दानी भएको मानिन्छ । बैंकहरूले कमाएको नाफाको आधारमा शेयरधनीलाई बाढ्ने लाभांश कति पर्छ भन्ने आरओईले फरक पार्छ । गत आवमा अधिकांश विकास बैंकहरूको आरओई अघिल्लो आवकोे तुलनामा घटेको छ । लगानीको सामान्य सिद्धान्तअनुसार आरओई घटेको क्षेत्रमा लगानीकर्ताको आकर्षण घट्नुपर्ने भए पनि विकास बैंकको शेयरमा भने लगानीकर्ताको आकर्षण बढी रहेको देखिन्छ ।  यसको प्रमुख कारण भनेको भोलुम (चुक्तापूँजी) कम हुनु । पछिल्लो समयको शेयरबजारको ट्रेन्डलाई हेर्दा बजार बढ्दा कम चुक्तापूँजी भएका कम्पनीहरूको शेयर मूल्य अस्वाभाविक रूपमा बढिरहेको हुन्छ । यसको मतलब यस्ता कम्पनीको शेयरमा ट्रेडरहरूले बढी कारोबार गरिरहेका हुन्छन् । यसकारण शेयर मूल्य बढिरहेको हुन्छ । पछिल्लो समय दीर्घकालीन लगानीभन्दा पनि अल्पकालीन रूपमा लगानी गर्नेको सख्या बढी छ । लगानीकर्ताले अल्पकालमै प्रतिफल हात पारेपछि वित्तीय अवस्था र लाभांशमा खासै चासो दिँदैनन् ।  सबैभन्दा बढी आरओई गरिमा विकास बैंकको  धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १६ बैंकमध्ये गत आवमा सबैभन्दा बढी गरिमा विकास बैंकको आरओई १५ दशमलव ७० प्रतिशत रहेको छ । त्यस्तै दोस्रोमा मुक्तिनाथ विकास बैंकको आरओई १४ दशमलव ४५ प्रतिशत रहेको छ । १६ विकास बैंकमध्ये दुई नोक्सानीमा छन् । सप्तकोशी डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंक नोक्सानीमा छन् । त्यस्तै सबैभन्दा कम आरओई सिन्धु विकास बैंकको २ दशमलव १३ प्रतिशत छ ।  त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको आरओई २ दशमलव ४३ प्रतिशत छ । १० वर्षअगाडि आव २०६९/७० मा मुक्तिनाथ विकास बैंकको आरओई २५ दशमलव ५९ प्रतिशत रहेकोमा आव २०७९/८० मा १४ दशलमव ४५ प्रतिशतमा झरेको छ । त्यस्तै गरिमा विकास बैंकको आरओई आव २०६९/७० मा १९ दशमलव २४ रहेकोमा गत आव भने १५ दशमलव ७० प्रतिशतमा झरेको छ । 

सम्बन्धित सामग्री

बैंकको लगानीमा घट्दो प्रतिफल

काठमाडौं– बैंकहरूले उच्च नाफा कमाइरहेको आरोप लागिरहेका बेला लगानी प्रतिफल (रिटर्न अन इक्विटी) घट्दो देखिएको छ । पछिल्लो पाँच वर्षयता वाणिज्य बैंकहरूको आरओई घट्दो क्रममा देखिएको हो । यसले बैंकरहरूमा चिन्ता थपिएको छ । आर्थिक वर्ष २०७५–७६ मा १३.८७ प्रतिशत रहेको आरओई गत आवमा १२.०९ प्रतिशतमा झरेको छ । कुनै पनि कम्पनीले एकै क्षेत्रका अन्य […]

बैंकहरूको पूँजी र लगानीमा प्रतिफल घट्दै

काठमाडौं, माघ २० । बैंकहरूको पूँजी र लगानीमा प्रतिफल घट्दैबैंकहरूको पूँजी र लगानीको तुलनामा प्रतिफल घट्दै गएको छ । बैंकहरू अत्यधिक पूँजीको भारमा थिचिएकाले प्रतिफलदर घट्दै गएको हो । नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्ष (आव) को पुससम्ममा पूँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसतमा १२ दशमलव ५१ प्रतिशत रहेको छ । गतवर्ष यसै अवधिसम्ममा […]

बैंकहरूको पूँजी र लगानीमा प्रतिफल घट्दै

बैंकहरूको पूँजी र लगानीको तुलनामा प्रतिफल घट्दै गएको छ । बैंकहरू अत्यधिक पूँजीको भारमा थिचिएकाले प्रतिफलदर घट्दै गएको हो ।नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्ष (आव) को पुससम्ममा पूँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसतमा १२ दशमलव ५१ प्रतिशत रहेको छ । गतवर्ष यसै अवधिसम्ममा बैंकहरूको रिटर्न अन इक्विटी १२ दशमलव ७० प्रतिशत रहेको थियो । अघिल्लो पुस मसान्तको तुलनामा चालू आवको पुस मसान्तमा १८ ओटा बैंकहरूको प्रतिफलदर घटेको छ भने नौओटा बैंकको मात्र वृद्धि भएको छ ।बैंक सञ्चालकहरूको छाता संस्था बैंक त

बैंकहरूको पूँजी र लगानीमा प्रतिफल घट्दै

काठमाडौं । बैंकहरूको पूँजी र लगानीको तुलनामा प्रतिफल घट्दै गएको छ । बैंकहरू अत्यधिक पूँजीको भारमा थिचिएकाले प्रतिफलदर घट्दै गएको हो । नेपाल बैंकर्स संघका अनुसार चालू आर्थिक वर्ष (आव) को पुससम्ममा पूँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसतमा १२ दशमलव ५१ प्रतिशत रहेको छ । गतवर्ष यसै अवधिसम्ममा बैंकहरूको रिटर्न अन इक्विटी १२ दशमलव ७० प्रतिशत रहेको थियो । अघिल्लो पुस मसान्तको तुलनामा चालू आवको पुस मसान्तमा १८ ओटा बैंकहरूको प्रतिफलदर घटेको छ भने नौओटा बैंकको मात्र वृद्धि भएको छ । बैंक सञ्चालकहरूको छाता संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले पनि बैंकहरूको प्रतिफल घट्दै गएको र यसबाट लगानीकर्ता निरुत्साहित हुन थालेको भन्दै नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराइसकेको छ । ‘बजारमा बैंक तथा वित्तीय संस्थाले अचाक्ली नाफा कमाए भनेर प्रचार भइरहेको र त्यसैअनुरूप राष्ट्र बैंकका निर्देशन पनि जारी भएका छन्,’ सिबिफिनले पुस दोस्रो साता गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘बैंकहरूको पूँजी चार गुणाले वृद्धि भए पनि लगानीकर्ताले पाउने प्रतिफल भने घट्दै गएको छ ।’ प्रतिवेदनमा २०७३ सालदेखि बैंक तथा वित्तीय संस्थाको प्रतिफलदर निरन्तर रूपमा घटीरहेको भन्दै यो चुनौती व्यवस्थापनका लागि खुला बजारको अवधारणाअनुसार नै ब्याजदर निर्धारण हुन दिन, स्प्रेडदरको सीमा नलगाउन, शुल्कमा सीमा नतोक्न राष्ट्र बैंकलाई आग्रह गरिएको छ । त्यस्तै बैंकहरूको लगानीमा प्रतिफल (रिटर्न अन इन्भेस्टमेन्ट) पनि घट्दै गएको छ । सिबिफिनका अनुसार २०६८ सालमा १९ प्रतिशत रहेको यस्तो प्रतिफल २०७३ सालमा २३ प्रतिशत पुगेको थियो । त्यसपछि भने घट्दै २०७७ सालमा १२ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ बैंक तथा वित्तीय संस्थाका लगानीमा प्रतिफल खुम्चिए पनि खराब नरहेको बताउँछन् । ‘बैंकहरूको प्रतिफलदर घट्दै गएको छ,’ उनले भने, ‘तर, अझै पनि बैंक निक्षेपबाट पाउने प्रतिफलको तुलनामा यो उच्च नै भएकाले यसलाई नराम्रो मान्न हुँदैन ।’ बैंकर अनलराज भट्टराई बैंकहरूको पूँजी वृद्धिको तुलनामा नाफा बढ्न नसक्दा शेयरधनीले पाउने प्रतिफल पनि खुम्चिँदै गएको बताए । तर, बैंकको लगानीलाई दीर्घकालीन रूपमा हेर्नुपर्ने भएकाले केही समय यसको प्रतिफल खुम्चिँदैमा आत्तिन नहुने उनको भनाइ छ ।

बैंकको प्रतिफलदर आधा घट्यो

लगानीकर्ताका लागि आकर्षक क्षेत्र मानिएको वाणिज्य बैंकहरुको प्रतिफल घट्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको तिव्र प्रतिस्पर्धा, कडा नियमन तथा पछिल्लो समयमा विविध कारणले व्यवसाय विस्तारमा अवरोधका कारण बैंकका लगानीकर्ताहरुले पाउने प्रतिफल घट्दै गएको हो । १२ वर्षअघि बैंकहरुको पुँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसत २७ प्रतिशत भन्दा बढी रहेकोमा हाल १४ प्रतिशतमा झरेको छ । सन् २००९ मा वाणिज्य बैंकहरुको रिटर्न अन इक्विटी औसतमा २७.५१ प्रतिशत थियो । २०२१ अप्रिलमा आइपुग्दा बैंकहरुको प्रतिफल औसतमा १३.८१ प्रतिशतमा झरेको छ । ने...

एक दशकमा बैंकको प्रतिफलदर आधा घट्यो

लगानीकर्ताका लागि आकर्षक क्षेत्र मानिएको वाणिज्य बैंकहरुको प्रतिफल घट्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको तिव्र प्रतिस्पर्धा, कडा नियमन तथा पछिल्लो समयमा विविध कारणले व्यवसाय विस्तारमा अवरोधका कारण बैंकका लगानीकर्ताहरुले पाउने प्रतिफल घट्दै गएको हो ।१२ वर्षअघि बैंकहरुको पुँजीको प्रतिफल (रिटर्न अन इक्विटी) औसत २७ प्रतिशत भन्दा बढी रहेकोमा हाल १४ प्रतिशतमा झरेको छ […]