स्थानीय तहको सभा नहुँदा तलब रोकिएका कर्मचारीहरू संघर्षमा उत्रेका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, लक्ष्मीनिया गाउँपालिकालगायत पालिकामा कार्यरत कर्मचारीहरूले तलब पाउन सकेका छैनन् । तलब माग गर्दै क्षीरेश्वरनाथ नगरपालिकाका कर्मचारीहरू बिहीबारदेखि धर्ना बसेका छन् ।