बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित

धरान। विभिन्न माग राखेर कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा आज बिपी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक र मेट्रोनको कार्यकक्षमा तालाबन्दी गरेका छन्। कोभिड-१९ को भत्ता सम्पूर्ण कर्मचारीलाई समानरूपमा वितरण गर्नुपर्ने, गतवर्ष वृद्धि भएको २० प्रतिशत तलब पाउनु पर्ने, कर्मचारीको आन्तरिक फाइल बढुवा विज्ञापन खोल्नुपर्ने, ज्यालादारी कर्मचारीलाई करारमा राख्नु पर्नेलगायतका माग रहेको समितिका संयोजक राजन कोइरालाले बताए। रासस