कञ्चनपुर : सरकारले वृद्धि गरेको तलबसहितको सुविधाको माग गर्दै भीमदत्तनगर पालिकामा कार्यरत बाल विकासका शिक्षक र विद्यालय कर्मचारीले आन्दोलन शुरु गरेका छन्।नगरपालिका कार्यालयमा धर्ना, विरोध र्यालीलगायत कार्यक्रम आयोजना गरी नगरपालिकालाई बढाइएको तलब उपलब्ध गराउन माग गर्दै आएका छन्।संघीय सरकारले बढाएको तलब उपलब्ध गराउन पटक पटक नगरपालिका कार्यालयलाई जानकारी गराउँदा समेत सुनुवाइ नभएपछि आन्दोलन लगायतका कार्यक्रममा संलग्न हुनुपरेको विद्यालयमा कार्यरत कर्मचारी महानन्द पाण्डेले बताए।‘यस