तलब बृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब बृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन् । सरकारले नयाँ आर्थिक बर्षमा १० प्रतिशत मात्रै तलब बृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब बृद्धि थोरै भएको भन्दै आन्दोलित भएका हुन् । उनीहरुले शुक्रबार बृहत प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब बृद्धि हुनुपर्ने मागसमेत गरेको समाचारमा जनाइएको छ । गत तीन बर्षदेखि कर्मचारीहरुको तलब बृद्धि नभएकाले यस बर्ष धेरै बृद्धि हुनुपर्ने उनीहरुको भनाइ रहेको छ ।आन्दोलनकारीले करारका कर्मचारीहरुलाई स्थायी गर्

सम्बन्धित सामग्री

निजी विद्यालयमा बालबालिका पढाउने सरकारी कर्मचारी कारवाहीमा

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले सरकारी तलबभत्ता खानेहरुको आफ्ना बालबालिाकसरकारी विद्यालयमा नपढाए तलबभत्ता रोक्ने भएको छ । गाउँपालिका अध्यक्ष छवि लामाले गाउँपालिकाले चालु शैक्षिक वर्षदेखि पालिका भित्रका राज्यको श्रोतबाट तलबभत्ता खानेहरुका सबै बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक (सरकारी) विद्यालयमा अध्यापन गराउनुपर्ने निर्देशनको अवज्ञा गर्नेलाई कारवाहीस्वरुप तलब भत्ता रोक्ने बताए । ‘शैक्षिक वर्ष सुरु हुनुअघि नै गाउँपालिकाले अनिवार्य […]

एक कर्मचारी धाउँछन् दुई सरकारी कार्यालय

पाल्पा – पाल्पामा एक जना सरकारी कर्मचारी दुई सरकारी कार्यालयमा कार्यरत रहेकाे पाइकाे छ । पाल्पा अस्पतालमा कार्यरत अहेव अरुण कार्कीले दुईवटा सरकारी कार्यालयमा काम गरेर दुवैतर्फ तलब तथा भत्ता बुझ्ने गरेको पाइएको हाे । विगत पाँच वर्षदेखि पाल्पा जिल्ला अस्पतालमा अहेवकाे रूपमा कार्यरत स्वास्थ्यकर्मी कार्कीले २०७८ सालकाे फागुन महिनादेखि तानसेन नगरपालिकामा पनि काम गर्न […]

साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष ०७९/८० को बजेट वक्तव्यमार्फत सरकारी कर्मचारीको तलबम १५ प्रतिशतले वृद्धि घोषणा गरेको छ । सरकारको यो निर्णयबाट सरकारी कर्मचारीको तलब तीन हजारदेखि १० हजार रुपैयाँसम बढेको छ । अब कर्मचारीले आउँदो साउन १ देखि बढेको तलब पाउनेछन् । तलब बढेपछि कुन तहका कर्मचारीको तलब कति पुग्नेछ ? तह […]

कर्मचारीको तलब २ हजार रुपैयाँ बढाउन अर्थमन्त्री शर्मा तयार

काठमाडौं : अर्थमन्त्री जनार्द्धन शर्माले मध्यराति लामो रस्साकस्सीपछि सरकारी कर्मचारी, शिक्षक, सेना, प्रहरीलगायतको तलब वृद्धि गर्ने निर्णय गरेका छन्। बेलुका चार बजे दुबै संसदको संयुक्त बैठकमा प्रस्तुत गर्न लागेको आगामी वर्षको बजेटमार्फत अर्थमन्त्रीले तलब वृद्धिको घोषणा गर्ने छन्। मुख्य सचिवको नेतृत्वको समितिले तलब बढाउन सुझाव दिएको थियो। राजनीतिक तहमा भने…

भारतमा कर्मचारीको तलब वृद्धि भएसँगै नेपालमा रेमिटेन्स बढ्ने

काठमाडौं, ३० असार । भारतमा कर्मचारीको तलब वृद्धि भएको छ । सरकारी निकायमा कार्यरत कर्मचारीहरुको तलब र पेन्सन १७ देखि १८ प्रतिशतले वृद्धि भएको हो । भारतका केन्द्रीयमन्त्री अनुराग ठाकुरले तलब वृद्धिको घोषणा गरेका हुन् । जुलाई १ देखि तलब वृद्धि लागू हुने जनाइएको छ । तलब वृद्धिले भारतमा ४८ लाख ३४ हजार सरकारी कर्मचारी […]

पाकिस्तानमा सरकारी कर्मचारी आन्दोलित

एजेन्सी।पाकिस्तानका सरकारी कर्मचारी तलबसुविधा कम भएको भन्दै आन्दोलनमा उत्रिएका छन्। सरकारले १० प्रतिशत तलब वृद्धि घोषणा गरेपछि त्यसलाई निकै कम भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन्। उनीहरुले शुक्रबार बृहत् प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब वृद्धि हुनुपर्ने माग गरेका छन्। कर्मचारीहरुले अर्थमन्त्रीलाई लक्षित गर्दै संसद् भवनअगाडि प्रदर्शन गरेका थिए। आफ्नो माग सम्बोधन नभए जुनदेखि कडा आन्दोलन गर्ने उनीहरुको भनाइ छ।

तलब वृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

जेठ २९, इस्लामावाद(पाकिस्तान) । पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब वृद्धि थोरै भएको भन्दै आन्दोलन शुरु गरेका छन् ।            सरकारले नयाँ आर्थिक वर्षमा १० प्रतिशत मात्रै तलब वद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब वृद्धि थोरै भएको भन्दै आन्दोलन शुरु गरेका हुन् ।उनीहरुले शुक्रवार बृहत प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब वृद्धि हुनुपर्ने मागसमेत गरेका छन् ।            गत तीन वर्षदेखि कर्मचारीहरुको तलब वृद्धि नभएकाले यस वर्ष धेरै वृद्धि हुनुपर्ने उनीहरुको भनाइ रहेको छ ।  आन्दोलनकारीले करारका कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने माग पनि राखेको जीयो न्यूजले समाचार सम्प्रेषण गरेको छ ।            प्रदर्शनकारीहरुले अर्थमन्त्रीसमेतलाई लक्षित गर्दै राष्ट्रिय संसद भवन अगाडि प्रदर्शन गरेका थिए । १० प्रतिशत मात्रै तलब वृद्धि गर्ने निर्णय संशोधन गर्न पनि उनीहरुले माग गरेका छन् ।            “सरकारले कम्तीमा २५ प्रतिशत तलब वृद्धि  नगरेमा जुनको अन्त्यसँगै कडा आन्दोलन घोषणा गर्न बाध्य हुने एक कर्मचारी नेताले बताएका छन् ।            कर्मचारीहरुको आन्दोलनप्रति पाकिस्तान पिपल्स पार्टी (पीपीई) का अध्यक्ष बिलावाल भुट्टो जर्दारीले समर्थन गरेका छन् । कर्मचारीले आयोजना गरेको विरोध कार्यक्रममा समेत शुक्रवार उनी सहभागी भएका  थिए । रासस/ एएनआई

तलब वृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब वृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन्। सरकारले नयाँ आर्थिक वर्षमा १० प्रतिशत मात्रै तलब वृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब वृद्धि थोरै भएको भन्दै आन्दोलित भएका हुन्।

कति हुन्छ अमेरिकी राष्ट्रपतिको तलब सुविधा?

अमेरिकामा राष्ट्रपतिको रुपमा जो बाइडेनले बुधबार सपथ लिए । सो पद शक्तिशाली भए पनि अन्य सरकारी कर्मचारी जस्तै संघीय कानून अनुसार पदको मर्यादा र सीमा पालन गर्नुपर्ने हुन्छ । राष्ट्रपतिको तलबदेखि अन्य खर्चसम्म सबै कानूनले निर्धारण गरेको छ । अमेरिकी कानून यूएस कोड ३ अनुसार राष्ट्रपतिको वार्षिक तलब चार लाख अमेरिकी डलर हुन्छ । त्यो भनेको लगभग पाँच करोड रुपैयाँ हो । त्यसबाहेक राष्ट्रपतिले वार्षिक रूपमा ५० हजार डलर भत्ता पनि पाउँछन् । अनि एक लाख डलर भ्रमणभत्ता पनि पाउँछन् । त्यसबाहेक मनोरञ्जनका लागि पनि पैसा दिने गरिएको ...