सरकारद्वारा निर्धारण गरिए अनुसारको तलबको माग गर्दै रौतहटको कटहरिया नगर क्षेत्रका बाल विकास शिक्षिका र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । नगरपालिकाले आफै घोषणा गरेको र सङ्घीय सरकारले घोषणा गरेकोको तलबमान माग गर्दै शिक्षिका र विद्यालय कर्मचारी आन्दोलित भएका हुन् ।आर्थिक वर्ष २०७७/७८ मा कटहरिया नगरपालिकाले नगर क्षेत्र अन्तर्गतका बाल विकास कोटामा कार्यरत शिक्षिका र विद्यालय कर्मचारी गरी ६० जना लाई खाइपाइ आएको मासिक तलबमा २ हजार थप्ने घोषणा गरेको थियो । लगत्तै आर्थिक वर्ष