बाँके : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कर्मचारीहरु आन्दोलित भएका छन्।कर्मचारीहरुले सोमबार कोहलपुरस्थित शिक्षण अस्पतालको प्रशाशन फाँट घेराउ गरी आन्दोलनको शुरुवात गरेका हुन्। चार महिनादेखि तलब नपाएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। दुई घण्टा सम्म प्रशासन शाखा घेराउ गरेर उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्तालगायतको माग गरेका छन्।मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने बताए। ‘असार २ गतेभित्र व्यवस