तलब नपाएको भन्दै बनगाड नगरपालिकाका कर्मचारी आन्दोलित

सल्यान : बनगाड कुपिण्डे नगरपालिकाका करार कर्मचारीहरु आन्दोलित भएका छन्। उनीहरुले ६ महिनादेखि तलब नपाएको बताएका छन्।संघीय सरकारको परिपत्रअनुसार नगरपालिकाको कार्यपालिका बैठकले करार कर्मचारीलाई तलब दिन नसकिने निर्णय गरेको थियो। तर, यसबारे कर्मचारीलाई कुनै जानकारी नदिएको आन्दोलनकारीको भनाइ छ। करार कर्मचारी आन्दोलन समितिका संयोजक डिल्ली विकले भने, ‘नगरपालिकाले न हामीलाई जागिर छोडन परिपत्र नै गर्यो न तलब भत्ता नै दियो।’करार कर्मचारीले साविक गाविस हुँदादेखि हालसम्म वडा धानिरहेको भए पनि अहिल

सम्बन्धित सामग्री

तलब नपाएको भन्दै बसुन्धरास्थित महेन्द्रनारायण निधि अस्पतालका कर्मचारी आन्दोलित

काठमाडौं । तलब नपाएको भन्दै बसुन्धरास्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन् । अस्पतालले तीनदेखि १० महिनासम्मको तलब नदिएको भन्दै उनीहरुले कर्मचारी संघर्ष समिति गठन गरेर आन्दोलनको घोषणा गरेका हुन् । जसअनुसार सोमबार उनीहरुले महासंरक्षक, संरक्षक, अस्पताल व्यवस्थापन समिति सदस्य र सम्पूर्ण महेन्द्रनारायण निधि सहकारीका शेयर धनीहरुलाई पारिश्रमिक एकमुष्ट पाउनुपर्ने माग गर्दै पत्र […]

असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित

काठमाडौं।असमान ढङ्गले कर्मचारीको तलब बढाएको भन्दै नासुहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन्।आज सिंहदरबारमा रहेको अर्थ मन्त्रालय अगाडि काठमाण्डौ,भक्तपुर र ललितपुरका नायब सुब्बाहरुले कर्मचारीको तलब समान ढङ्गले बढाउन माग गर्दै धर्ना दिएका हुन्।आइतवार सार्वजनिक भएको तलबमानमा बजेटको घोषणाविपरीत तलब बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचाहरू आन्दोलनमा उत्रिएका हुन्।

सरकारद्वारा निर्धारित तलब माग गर्दै बाल विकास शिक्षिका र कर्मचारी आन्दोलित

सरकारद्वारा निर्धारण गरिए अनुसारको तलबको माग गर्दै रौतहटको कटहरिया नगर क्षेत्रका बाल विकास शिक्षिका र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । नगरपालिकाले आफै घोषणा गरेको र सङ्घीय सरकारले घोषणा गरेकोको तलबमान माग गर्दै शिक्षिका र विद्यालय कर्मचारी आन्दोलित भएका हुन् ।आर्थिक वर्ष २०७७/७८ मा कटहरिया नगरपालिकाले नगर क्षेत्र अन्तर्गतका  बाल विकास कोटामा कार्यरत शिक्षिका र विद्यालय कर्मचारी गरी ६० जना लाई खाइपाइ आएको मासिक तलबमा २ हजार थप्ने घोषणा गरेको थियो । लगत्तै आर्थिक वर्ष

भीमदत्तका बाल विकासका शिक्षक कर्मचारी आन्दोलित

कञ्चनपुर : सरकारले वृद्धि गरेको तलबसहितको सुविधाको माग गर्दै भीमदत्तनगर पालिकामा कार्यरत बाल विकासका शिक्षक र विद्यालय कर्मचारीले आन्दोलन शुरु गरेका छन्।नगरपालिका कार्यालयमा धर्ना, विरोध र्‍यालीलगायत कार्यक्रम आयोजना गरी नगरपालिकालाई बढाइएको तलब उपलब्ध गराउन माग गर्दै आएका छन्।संघीय सरकारले बढाएको तलब उपलब्ध गराउन पटक पटक नगरपालिका कार्यालयलाई जानकारी गराउँदा समेत सुनुवाइ नभएपछि आन्दोलन लगायतका कार्यक्रममा संलग्न हुनुपरेको विद्यालयमा कार्यरत कर्मचारी महानन्द पाण्डेले बताए।‘यस

तलब नपाएको भन्दै मेडिकल कलेजका कर्मचारी आन्दोलित

तलब, भत्ता नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारी आन्दोलित भएका छन्। लर्डवुद्ध एजुकेशनल एकेडेमी अन्तर्गतको नेपालगन्ज मेडिकल कलेजका कर्मचारी विगत चार दिनदेखि आन्दोलनमा उत्रिएका हुन्।...

मेडिकल कलेज कोहलपुरका कर्मचारी आन्दोलित

बाँके : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कर्मचारीहरु आन्दोलित भएका छन्।कर्मचारीहरुले सोमबार कोहलपुरस्थित शिक्षण अस्पतालको प्रशाशन फाँट घेराउ गरी आन्दोलनको शुरुवात गरेका हुन्। चार महिनादेखि तलब नपाएको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। दुई घण्टा सम्म प्रशासन शाखा घेराउ गरेर  उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्तालगायतको माग गरेका छन्।मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रिने बताए। ‘असार २ गतेभित्र व्यवस

पाकिस्तानमा सरकारी कर्मचारी आन्दोलित

एजेन्सी।पाकिस्तानका सरकारी कर्मचारी तलबसुविधा कम भएको भन्दै आन्दोलनमा उत्रिएका छन्। सरकारले १० प्रतिशत तलब वृद्धि घोषणा गरेपछि त्यसलाई निकै कम भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन्। उनीहरुले शुक्रबार बृहत् प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब वृद्धि हुनुपर्ने माग गरेका छन्। कर्मचारीहरुले अर्थमन्त्रीलाई लक्षित गर्दै संसद् भवनअगाडि प्रदर्शन गरेका थिए। आफ्नो माग सम्बोधन नभए जुनदेखि कडा आन्दोलन गर्ने उनीहरुको भनाइ छ।

तलब बृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब बृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन् । सरकारले नयाँ आर्थिक बर्षमा १० प्रतिशत मात्रै तलब बृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब बृद्धि थोरै भएको भन्दै आन्दोलित भएका हुन् । उनीहरुले शुक्रबार बृहत प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब बृद्धि हुनुपर्ने मागसमेत गरेको समाचारमा जनाइएको छ । गत तीन बर्षदेखि कर्मचारीहरुको तलब बृद्धि नभएकाले यस बर्ष धेरै बृद्धि हुनुपर्ने उनीहरुको भनाइ रहेको छ ।आन्दोलनकारीले करारका कर्मचारीहरुलाई स्थायी गर्

बिपी प्रतिष्ठानमा कर्मचारी आन्दोलित

धरान। विभिन्न माग राखेर कर्मचारी कल्याण तदर्थ समितिको नेतृत्वमा आज बिपी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक र मेट्रोनको कार्यकक्षमा तालाबन्दी गरेका छन्। कोभिड-१९ को भत्ता सम्पूर्ण कर्मचारीलाई समानरूपमा वितरण गर्नुपर्ने, गतवर्ष वृद्धि भएको २० प्रतिशत तलब पाउनु पर्ने, कर्मचारीको आन्तरिक फाइल बढुवा विज्ञापन खोल्नुपर्ने, ज्यालादारी कर्मचारीलाई करारमा राख्नु पर्नेलगायतका माग रहेको समितिका संयोजक राजन कोइरालाले बताए। रासस