५ हजार रुपैयाँ घुससहित खानेपानी कार्यालयका कर्मचारी पक्राउ

काठमाण्डाै – काठमाण्डाै उपत्यका खानेपानी लिमिटेड महाङ्काल शाखामा कार्यरत सिनियर प्लम्बर गणेशबहादुर खुलाल घुस रकमसहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुस लिएकै अवस्थामा उनलाई पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले बताउनुभयो । सिनियर प्लम्बर खुलालमाथि थप अनुसन्धान भइरहेको आयोगले बताएको छ । 

सम्बन्धित सामग्री

राजस्व हिनामिनामा फरार पाँच कर्मचारी पक्राउ

विराटनगर। यातायात व्यवस्था कार्यालय, इटहरीमा भएको राजस्व हिनामिनामा दोषी ठहर भएका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँच जनालाई ३९ वर्ष ५ महीना २३ दिन कैद सजायसहित ६८ करोड ३२ लाख रुपैयाँ राजस्व असुल गर्न विशेष अदालतले यसअघि नै फैसला सुनाएको थियो । राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेकाहरूमा यातायात व्यवस्था कार्यालय, इटहरीका तत्कालीन प्रमुख नयराज नेपाल, तत्कालीन लेखापाल मणिराम दाहाल, कर्मचारीहरू कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाल थिए । नेपाल अवकाश पाउनु एक वर्ष पहिले यातायात कार्यालयमा सरुवा भएका थिए । विशेष अदालत काठमाडौंले २०७९ चैत ८ गते उनीहरूलाई भ्रष्टाचार (राजस्व रकम हिनामिना) कसुरमा दोषी ठहर गरेको थियो । तत्कालीन लेखापाल दाहाललाई ७ वर्ष ११ महीना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ रुपैयाँ जरीवानाको फैसला सुनाइएको थियो । यस्तै, नेपाललाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ रुपैयाँ जरीवाना, कटुवाललाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८१२ रुपैयाँ जरीवाना, अधिकारीलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरीवाना तथा देवराज नेपाललाई ८ वर्ष ६ महीना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरीवानाको फैसला गरिएको थियो । उनीहरूले ३९ वर्ष ५ महीना २३ दिन कैद भुक्तान तथा ६८ करोड ३२ लाख २२ हजार ३०८ रुपैयाँ जरीवाना तिर्न बाँकी थियो । मोरङ प्रहरीले उनीहरूलाई विराटनगरबाट सोमवार साँझमा पक्राउ गरेको हो । त्यसपछि मंगलवार अदालतमा उपस्थित गराएर कैद सजाय भुक्तानका लागि मोरङ कारागार चलान गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसी रञ्जनकुमार दाहालले जानकारी दिए ।

घुससहित तीन कर्मचारी पक्राउ

झापा : सडक आयोजनाको काममा बिल भुक्तानी गरिदिएबापत चार लाख रुपैयाँ घुस लिँदै गर्दा उपसचिवसहित तीनजनालाई रंगेहात पक्राउ गरिएको छ।ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन एकाइ दमक झापाका आयोजना व्यवस्थापक उपसचिवसरहका कर्मचारी हुताराज चौहान, इन्जिनियर रवीन्द्रकुमार शर्मा र लेखापाल हिमाल पौडेललाई अख्तियारको केन्द्रीय कार्यालय टंगाल र इटहरी कार्यालयको संयुक्त टोलीले रंगेहात पक्राउ गरेको हो।सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरिदिएबापत भन्दै उनीहरूले सेवाग्राहीसँग घुस लिएको खुलेको

चार लाख घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई चार लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र  लेखापाल हिमाल पौडेललाई घुससहित कार्यालय परिसरबाटै पक्राउ गरेको […]

२८ लाख घुससहित खानेपानीका कर्मचारी पक्राउ

काठमाडौं : २८ लाख घुससहित खानेपानी कार्यालय रामेछापका कर्मचारी रंगेहात पक्राउ परेका छन्। खानेपानी तथा सरसफाइ डिभिजन नम्बर ४ मन्थली रामेछापका इन्जिनियर नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापा १६ लाख रुपैयाँ र १२ लाख रुपैयाँको चेकसहित आज पक्राउ परेका हुन्। उनीहरूले खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो।चेक लिइसकेको अवस्थामा चेकसहित मन्थली १ स्थित इन्जिनियरको निवासबाट दुवैजन

नक्कली पिसिआर रिपोर्ट बनाउने अस्पतालका कर्मचारी पक्राउ

भक्तपुर : काठमाडौं र भक्तपुरका निजी अस्पतालका कर्मचारीले नक्कली पिसिआर रिपोर्ट बनाएर बेच्ने गरेको खुलासा भएको छ।महानगरीय अपराध महाशाखाले विदेश जाने व्यक्तिहरूलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ शुल्क लिएर नक्कली पिसिआर रिपोर्ट बनाएर बेच्ने अस्पतालका चारजना कर्मचारी पक्राउ गरेको जनाएको छ।व्यक्तिको स्वाब संकलन र परीक्षण विना नै पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिने तीनकुनेको कान्तिपुर र भक्तपुर गट्ठाघरको नागरिक कम्युनिटी टिचिङ अस्पताल प्रहरीले सील गरेको छ।राष्ट्रिय प्रयोगशाला र प्रहरीको

१६ करोड अनियमितता प्रकरण : सप्तकोशी डेभलपमेन्ट बैंकका चार कर्मचारी पक्राउ

विराटनगर (अस) । करिब १६ करोड रुपैयाँ अनियमितता भएको आरोपमा प्रहरीले सप्तकोशी डेभलपमेन्टका बैंकका सीईओ नवीन सुवेदीसहित लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगरलाई पक्राउ गरेको छ । यसअघि बैंकका जीएसडी प्रमुख हिमाल भट्टराई पक्राउ परेका थिए । बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटाला प्रकरणमा अहिलेसम्म चारजना पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीले चारैजनालाई बैंक कसुर अन्तर्गत अनुसन्धान गरिरहेको छ । राष्ट्र बैंकमा बेनामे उजुरी परेपछि बैंकभित्र भइरहेको अनियमितताबारे खुलासा भएको थियो । बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ । कार्यालयबाटै रेमिट्यान्सको १५ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेको थियो । यति ठूलो रकम पछिल्लो ६ वर्षयता हिनामिना हुँदा बैंक बेखबर जस्तै देखिनु र प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा अधिकांश पैसा ‘ट्रान्सफर’ भएको देखिनुले यो प्रकरणमा सीईओ लगायत उच्च अधिकारी शंकाको घेरामा परेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । बैंकको रेमिट शाखाबाट भएको यो हिनामिनामा बबिता सुवेदीको नाममा मात्रै १४ करोडभन्दा बढी रकम ‘ट्रान्सफर’ भएको नेपाल राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ । बबिता सीईओ सुवेदीकी नातेदार हु्न् । उजुरीका अनुसार सन् २०१६ देखि २०२१ अगस्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खाता नं ९९९००००१५००१५ बाट १४ करोड गैरकानूनी ढंगबाट निकालिएको छ । बविताको नाममा फर्जी खाता सीईओ सुवेदी र हाल प्रहरी नियन्त्रणमा रहेका रेमिट शाखा प्रमुख हिमाल भट्टराईले बनाएको आरोप लागेको छ । सो प्रकरणमा उनलाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

नक्कली लालपुर्जा धितो राखेर १९ करोड ऋण दिएको आरोपमा बैंकका २ कर्मचारी पक्राउ

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जाका आधारमा १९ करोड रुपैयाँ ऋण दिएको आरोपमा कुमारी बैंकका २ कर्मचारीसहित ४ जना पक्राउ परेका छन् ।  बारामा रहेको गायक अमात्यको १२ बिगाहा जग्गाको नक्कली लालपुर्जा पेश गरेर कुमारी बैंकको बारा शाखाबाट १९ करोड ऋण दिने ऋण अधिकृत सोनु ठाकुरसहित ४ जनालाई पक्राउ गरिएको छ ।  अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर काठमाडौंका एसके महर्जन र मुक्तिलाल गौतमले कुमारी बैंकको बारा शाखाबाट १९ करोड ऋण लिएका थिए । उनीहरूले पेश गरेको नक्कली लालपुर्जाकै आधारमा कुमारी बैंक बा...

घुससहित विद्युत प्राधिकरणका चार कर्मचारी पक्राउ

१६ माघ, जनकपुरधाम । सेवाग्राहीसँग घुस रकम लिँदै गरेको अवस्थामा धनुषाको मिथिला नगरपालिकाबाट शुक्रबार साँझ नेपाल विद्युत प्राधिकरणका चारजना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयाेग बर्दिबास कार्यालयबाट खटिएकाे टाेलीले उनीहरुलाई ५ हजार रुपैयाँ …

कलंकी मालपोतका दुई कर्मचारी पक्राउ

कागजात किर्ते गरी एउटाको जग्गा अर्कैलाई बिक्री गरेर ७२ लाख रुपैयाँ ठगी गरेको आरोपमा मालपोत कार्यालय कलंकीका दुई कर्मचारी पक्राउ परेका छन् ।