भक्तपुर : काठमाडौं र भक्तपुरका निजी अस्पतालका कर्मचारीले नक्कली पिसिआर रिपोर्ट बनाएर बेच्ने गरेको खुलासा भएको छ।महानगरीय अपराध महाशाखाले विदेश जाने व्यक्तिहरूलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ शुल्क लिएर नक्कली पिसिआर रिपोर्ट बनाएर बेच्ने अस्पतालका चारजना कर्मचारी पक्राउ गरेको जनाएको छ।व्यक्तिको स्वाब संकलन र परीक्षण विना नै पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिने तीनकुनेको कान्तिपुर र भक्तपुर गट्ठाघरको नागरिक कम्युनिटी टिचिङ अस्पताल प्रहरीले सील गरेको छ।राष्ट्रिय प्रयोगशाला र प्रहरीको