गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जाका आधारमा १९ करोड रुपैयाँ ऋण दिएको आरोपमा कुमारी बैंकका २ कर्मचारीसहित ४ जना पक्राउ परेका छन् ।
बारामा रहेको गायक अमात्यको १२ बिगाहा जग्गाको नक्कली लालपुर्जा पेश गरेर कुमारी बैंकको बारा शाखाबाट १९ करोड ऋण दिने ऋण अधिकृत सोनु ठाकुरसहित ४ जनालाई पक्राउ गरिएको छ ।
अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर काठमाडौंका एसके महर्जन र मुक्तिलाल गौतमले कुमारी बैंकको बारा शाखाबाट १९ करोड ऋण लिएका थिए । उनीहरूले पेश गरेको नक्कली लालपुर्जाकै आधारमा कुमारी बैंक बा...