राजस्व हिनामिनामा फरार पाँच कर्मचारी पक्राउ

विराटनगर। यातायात व्यवस्था कार्यालय, इटहरीमा भएको राजस्व हिनामिनामा दोषी ठहर भएका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पाँच जनालाई ३९ वर्ष ५ महीना २३ दिन कैद सजायसहित ६८ करोड ३२ लाख रुपैयाँ राजस्व असुल गर्न विशेष अदालतले यसअघि नै फैसला सुनाएको थियो । राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेकाहरूमा यातायात व्यवस्था कार्यालय, इटहरीका तत्कालीन प्रमुख नयराज नेपाल, तत्कालीन लेखापाल मणिराम दाहाल, कर्मचारीहरू कुमारबहादुर कटुवाल, टीकाराम अधिकारी र देवराज नेपाल थिए । नेपाल अवकाश पाउनु एक वर्ष पहिले यातायात कार्यालयमा सरुवा भएका थिए । विशेष अदालत काठमाडौंले २०७९ चैत ८ गते उनीहरूलाई भ्रष्टाचार (राजस्व रकम हिनामिना) कसुरमा दोषी ठहर गरेको थियो । तत्कालीन लेखापाल दाहाललाई ७ वर्ष ११ महीना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५९४ रुपैयाँ जरीवानाको फैसला सुनाइएको थियो । यस्तै, नेपाललाई ८ वर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३४२ रुपैयाँ जरीवाना, कटुवाललाई ६ वर्ष कैद र १ करोड १ लाख ६५ हजार ८१२ रुपैयाँ जरीवाना, अधिकारीलाई ९ वर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८८४ रुपैयाँ जरीवाना तथा देवराज नेपाललाई ८ वर्ष ६ महीना कैद र २२ करोड ४५ लाख २७ हजार ६७६ रुपैयाँ जरीवानाको फैसला गरिएको थियो । उनीहरूले ३९ वर्ष ५ महीना २३ दिन कैद भुक्तान तथा ६८ करोड ३२ लाख २२ हजार ३०८ रुपैयाँ जरीवाना तिर्न बाँकी थियो । मोरङ प्रहरीले उनीहरूलाई विराटनगरबाट सोमवार साँझमा पक्राउ गरेको हो । त्यसपछि मंगलवार अदालतमा उपस्थित गराएर कैद सजाय भुक्तानका लागि मोरङ कारागार चलान गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसी रञ्जनकुमार दाहालले जानकारी दिए ।

सम्बन्धित सामग्री

बैंकबाट बचतकर्ताको रकम अपचलन गर्ने एकजना पक्राउ

आठविसकोट नगरपालिका–११ राडी बजारमा रहेको प्रभु बैंकबाट रकम अपचलन गरी फरार रहेका सोही बैंकका एक कर्मचारी पक्राउ परेका छन् । राडी शाखामा अप्रेशनल इन्चार्ज रहेका बखत् सो नगरपालिकाका भुकम्प प्रभावितका लागि भनेर आएको पहिलो किस्ता बापतको रकम खातामा जम्मा नगरी अपचलन गरेको आरोपमा सोही ठाउँका ३१ वर्षीय निरज बिक्रम शाहलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

यातायात धनगढीका पूर्व कर्मचारी पक्राउ, हाकिमसहित अर्का फरार

धनगढी।  यातायात व्यवस्था कार्यालय धनगढीका एक पूर्व कर्मचारी पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार हालै लिखत सम्बन्धी कसुर (किर्ते) मुद्दामा उनलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा यातायात धनगढीका तत्कालीन  सहायक कम्प्युटर अपरेटर (करार) नरेन्द्रकुमार कठरिया रहेको स्रोतले बतायो। स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालतले कैलाली प्रहरीलाई पक्राउ गर्न भनेपछि समातेर थुनेको हो। […]

मेनपावर कम्पनीमा विभागको छापा : सञ्चालक फरार, चार कर्मचारी पक्राउ

काठमाडाैं । काठमाडौं । वैदेशिक रोजगार विभागले काठमाडौं महानगरपालिका–३, बाँसबारीमा रहेको एक संस्थामा छापा मारेको छ । ‘सी स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टर’ नामक संस्थाको कार्यालयमा विभागले छापा मारेको हो । छापा मारेर ९९७ थान पासपोर्ट बरामद गरिएको विभागले जनाएको छ । विभागका अनुसार मलेसिया, मकाउ, लिथोनिया लगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै […]

केशरमहलबाट दुईवटा तरबार चोरी, चार जना कर्मचारी पक्राउ

न्युज अफ नेपाल, काठमाडौं । काठमाडाैं लैनचौरस्थित राणाकालीन भवन केशरमहलबाट दुईवटा तरबार र बाघको टाउको चोरी भएको छ । चोरीमा संलग्नको आरोपमा प्रहरीले त्यहाँ कार्यरत चारजना कर्मचारी पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धानको टोलीले दरबारमार्गबाट चोरीमा संलग्न चारजनालाई आज पक्राउ गरेको हो । एक फरार रहेको प्रहरीले बताएको छ । पक्राउ परेकाहरू निर्माण कार्यमा […]

७० करोड ठगीमा कम्पनी रजिष्ट्रारका कर्मचारी पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगीमा संलग्नलाई विभिन्न मितिमा पक्राउ गरी मुद्दा चलाएको छ। ब्यूरो प्रवक्ता प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार कम्पनी रजिष्ट्रार कार्यालयकै आइटी शाखामा कार्यरत आशिष महर्जन र पुष्पकला राई पनि पक्राउ परेका छन्। रजिष्ट्रारकै कार्यालयका दुई जना फरार रहेको उनले बताए।

७० करोड ठगीमा कम्पनी रजिष्ट्रारका कर्मचारी पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ठगीमा संलग्नलाई विभिन्न मितिमा पक्राउ गरी मुद्दा चलाएको छ। ब्यूरो प्रवक्ता प्रहरी उपरीक्षक सानुराम भट्टराईका अनुसार कम्पनी रजिष्ट्रार कार्यालयकै आइटी शाखामा कार्यरत आशिष महर्जन र पुष्पकला राई पनि पक्राउ परेका छन्। रजिष्ट्रारकै कार्यालयका दुई जना फरार रहेको उनले बताए।

राजस्व अपचलन आरोपमा बैंकका कर्मचारी पक्राउ, भन्सार एजेन्ट फरार - Naya Patrika

विराटनगर भन्सारस्थित वाणिज्य बैंकमा राजस्व अपचलन गरेको आरोपमा एक कर्मचारी पक्राउ परेका छन् । सोही आरोप लागेका दुईजना भन्सार एजेन्ट भने फरार भएका छन् । भन्सार परिसरमा रहेको वाणिज्य बैंकमा...पूरा पढ्नुहोस् »