काठमाडौं : २८ लाख घुससहित खानेपानी कार्यालय रामेछापका कर्मचारी रंगेहात पक्राउ परेका छन्। खानेपानी तथा सरसफाइ डिभिजन नम्बर ४ मन्थली रामेछापका इन्जिनियर नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखतबहादुर थापा १६ लाख रुपैयाँ र १२ लाख रुपैयाँको चेकसहित आज पक्राउ परेका हुन्। उनीहरूले खानेपानीसम्बन्धी कामको भुक्तानीबापत सेवाग्राहीसँग घुस माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो।चेक लिइसकेको अवस्थामा चेकसहित मन्थली १ स्थित इन्जिनियरको निवासबाट दुवैजन