स्थानीय तह निर्वाचनका लागि मनाङमा २ सय ७ जनाको उम्मेदवारी परेको छ । आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्न पदका जनप्रतिनिधिमा २ सय ७ जनाको उम्मेदवारी परेको हो ।चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ८ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा एकजनाको मात्र मनोनयन दर्ता भएको हो ।२८ वडा रहेको मनाङमा मनाङका वडाअध्यक्षका लागि ४७ जनाको उम्मेदवारी परेको छ । महिला सदस्यका लागि ४९ जना, दलि