७ जना विद्यार्थीसहित २ सय ४८ जना चालक कारबाहीमा

काठमाडौं । स्कुल तथा कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङअन्तर्गत २ सय ४८ जना चालकहरूलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आज (मंगलबार) बिहान ५ बजेदेखि ८ बजेसम्म गरिएको चेकिङका क्रममा चालक अनुमति पत्र नभएका ७ जना विद्यार्थी चालकहरू कारबाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । […]