जिम्बाब्वेमा एक पुरुषका १६ जना पत्नी र १५१ सन्तान छन् । मिशेक न्यानदोरो नामक ती पुरुष कुनै काम गर्दैनन् । उनको काम भनेकै आफ्ना पत्नीहरूलाई सन्तुष्ट बनाउनु हो । उनलाई थप विवाह गर्न मन छ । आउँदो हिउँदमा उनले १७औं बेहुली भित्र्याउँदैछन् । मर्नुअघि १०० पत्नी र एक हजार सन्तान पाउने उनको इच्छा छ । आफ्नो उद्दाम यौन चाहना पूरा गर्न वृद्धा पत्नीहरूले नसक्ने भएकाले युवतीहरू विवाह गरेको उनी बताउँछन् ।आफूले विलासी जीवन बिताइरहेको र सन्तानहरूले उपहार र नगद दिने गरेको उनको भनाइ छ । म्याशोनल्यान्ड प्रान्तको ...