स्वास्थ्य सेवामा हेलचेक्य्राइँ : गर्भ जाँच गर्न आएका महिलालाई अस्पतालले फर्काइदिन्छ !

धादिङ – जिल्ला अस्पताल धादिङमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा अस्पतालबाट दिने सेवा तथा सुविधाहरु प्रभावित बनेका छन् । चिकित्सक पद रिक्त हुँदा भिडियो एक्सरे र गर्भवतीको अपरेसन सेवा लिन आउने सेवाग्राहीहरु अप्ठ्यारोमा परेका हुन् । गंगा जमुना–३, धादिङकी मंगली गुरुङ सुत्केरी गराउनका लागि गाउँदेखि जिल्ला अस्पताल ...

सम्बन्धित सामग्री

९ प्रतिशत गर्भ आफैं खेर जान्छ

९ असार, काठमाडौं । नेपालमा ९ प्रतिशत गर्भ आफैं खेर जाने गरेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ देखि ४९ वर्षका महिलाको ९ प्रतिशत गर्भ आफैं खेर जाने देखिएको हो । ८० प्रतिशत शिशु जीवित जन्मिएका र २० प्रतिशतको गर्भ खेर जाने गरेको सर्वेक्षणले देखाएको छ । गर्भ […]

समयमा गर्भ जाँच गराउँदैनन् चेपाङ महिला

भरतपुर : चेपाङ समुदायका महिला प्रजनन स्वास्थ्य समस्या देखाउनै मान्दैनन्। महिलामा हुने समस्यालाई निराकरण गर्नका लागि गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्। उनीहरूले सचेतनामूलक कार्यक्रम पनि निरन्तर गरिरहेका छन्। तर चेपाङ महिला गर्भजाँच गराउने विषयमा भने अझै पनि खुल्न सकेका छैनन्। लाज मान्ने हुँदा सुरूआती अवस्थामा गर्भ जँचाउन उनीहरू स्वास्थ्यचौकी नै पुग्दैनन्।पामडाँडा स्वास्थ्यचौकीका अनमी ऋचा हितङ्गाका अनुसार चेपाङ समुदायका महिला समयमै गर्भ जँचाउन आउँदैनन्। समयमै गर्भजाँच नगराउ

गर्भ जाँच गराउँदा अण्डा उपहार

चितवनको इच्छाकामना गाउँपालिकाले गर्भवती महिलाले गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराउने भएको छ । पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई  अण्डा उपलब्ध गराइने भएको हो ।  गर्भवती महिलालाई नियमित स्वास्थ्य संस्थामा आई गर्भ जाँच गराउनका लागि प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष माया सिलवालले बताइन् । गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेटिएको उक्त कार्यक्रमका लागि बजेट विनियोजनसमेत गरिएको

गर्भ जाँच गराउँदा अण्डा उपहार

चितवनको इच्छाकामना गाउँपालिकाले गर्भवती महिलाले गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराउने भएको छ। पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई  अण्डा उपलब्ध गराइने भएको हो।

प्रत्येक गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराइने

मुग्लिन– चितवनको इच्छाकामना गाउँपालिकाले गर्भवती महिलाले गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराउने भएको छ । पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई  अण्डा उपलब्ध गराइने भएको हो । गर्भवती महिलालाई नियमित स्वास्थ्य संस्थामा आई गर्भ जाँच गराउनका लागि प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष माया सिलवालले बताएका छन् । […]

गर्भवती महिलाको गाउँमै पुगेर गर्भ परिक्षण

सल्यान :  जिल्लाको दार्मा गाउँपालिकाले गर्भवती महिलाको गाउँमै पुगेर गर्भ परिक्षण सेवा दिन थालेको छ।स्थानीय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्न भन्दै गाउँपालिकाले चिकित्सक सहितको टोली गर्भवतीको गाउँमै पुगेर गर्भ परिक्षण अन्तरगत आल्ट्रसाउण्ड (भिडियो एक्सरे) सेवा दिएको हो।स्थानीय स्तरमै भिडियो एक्सरे सेवा सञ्चालनमा आएपछि गर्भवती महिलालाई चेकजाँच गराउन सहज भएको दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले जानकारी दिए। गर्भ परिक्षण गराउन शहर बजार जानु पर्ने बाध्यतालाई हटाउन गाउँमै गर्भ पर

परिवार नियोजनको अस्थायी साधन बन्दै सुरक्षित गर्भ पतन सेवा

२१ मंसिर, डोटी । सायल गाउँपालिका-३ की महिला स्वास्थ्य स्वयमसेविका गंगा रावलको भन्छिन्, ‘तीन महिने डिपो लाउनुभन्दा त फाल्नु सजिलो भन्छन्, परिवार नियोजनका अस्थायी साधनहरू प्रयोग गर्नै मान्दैनन् । तीन/तीन पटकसम्म पनि गर्भ पतन गराउँछन् महिलाहरु ।’ पटक/पटक गर्भ पतन गराएमा स्वास्थ्य समस्या आउने कुरा आफूले जानकारी गराउँदा पनि महिलाहरूले नमान्ने गरेको उनको भनाइ छ […]

म्याग्दीमा गर्भ तुहिने तथा मृत शिशु जन्मने समस्या बढ्यो

म्याग्दी - म्याग्दीमा पछिल्ला केही वर्षदेखि गर्भ तुहिने र मृत नवजात शिशु जन्मने समस्या बढेको छ ।  बेनी अस्पतालमा रहेको मातृ तथा नव शिशु मृत्यु निगरानी तथा प्रतिकार्य (एमपीडीएसआर)को तथ्याङ्कले गर्भ तुहिने र गर्भको उमेर पुगे पनि मृत जन्मने समस्या बढेको देखाएको हो । तथ्याङ्कअनुसार आव २०७५/७६ मा स्वास्थ्य संस्थामा सुत्केरी हुन गएकामध्ये १२ जनाको पेटभित्रै मृत बच्चा थियो ।  त्यही आर्थिक वर्षमा छ नवजात शिशुको २२ दिनभित्रै ज्यान गयाे। त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा १५ गर्भवतीले मृत शिशु जन्माए भने एक जना आमाको सु...

संस्थागत सुत्केरी र गर्भ जाँच गराउने झन् घट्दै

रुकुमपूर्व, १८ असोज: रुकुमपूर्वमा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने र गर्भ जाँच गराउने महिलाको सङ्ख्यामा कमी आएको पाइएको छ । संस्थागत सुत्केरी हुने र गर्भ जाँच गराउनेको सङ्ख्या गत तीन वर्षयताको अवस्था हेर्दा सो तथ्याङ्कमा कमी आएको पाइएको हो । रुकुमपूर्वमा गएको आर्थिक वर्ष २०७७-७८ मा जिल्लामा सुत्केरी भएका कूल ६९२ जनामा ५२ प्रतिशत मात्र […]

डोटी - उमेर नपुगी गर्भ जाँच गराउने ११ प्रतिशत

डोटी – डोटीमा स्वास्थ्य संस्थामा गर्भ जाँच गराउनेमध्ये ११ प्रतिशत उमेर नपुगी गर्भवती हुने गरेको पाइएको छ ।जिल्ला स्वास्थ्य कार्यालय डोटीको तत्थ्याङ्क अनुसार जिल्लाभरिका स्वास्थ्य संस्थाहरुमा आर्थिक वर्ष २०७६/०७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये एघार प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् । कानुनले विवाहको उमेर २० वर्षभन्दा माथि कायम गरेको भए पनि डोटीमा २० वर्ष नपुग्दै विवाह गर्ने तथा गर्भवती हुने क्रम नरोकिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो ।अघिल्ला वर्षहरुको तुलनामा उमेर नपुग्दै आम...