डोटी – डोटीमा स्वास्थ्य संस्थामा गर्भ जाँच गराउनेमध्ये ११ प्रतिशत उमेर नपुगी गर्भवती हुने गरेको पाइएको छ ।जिल्ला स्वास्थ्य कार्यालय डोटीको तत्थ्याङ्क अनुसार जिल्लाभरिका स्वास्थ्य संस्थाहरुमा आर्थिक वर्ष २०७६/०७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये एघार प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् । कानुनले विवाहको उमेर २० वर्षभन्दा माथि कायम गरेको भए पनि डोटीमा २० वर्ष नपुग्दै विवाह गर्ने तथा गर्भवती हुने क्रम नरोकिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो ।अघिल्ला वर्षहरुको तुलनामा उमेर नपुग्दै आम...