गर्भवती महिलाको गाउँमै पुगेर गर्भ परिक्षण

सल्यान :  जिल्लाको दार्मा गाउँपालिकाले गर्भवती महिलाको गाउँमै पुगेर गर्भ परिक्षण सेवा दिन थालेको छ।स्थानीय स्तरमै स्वास्थ्य सेवा प्रदान गर्न भन्दै गाउँपालिकाले चिकित्सक सहितको टोली गर्भवतीको गाउँमै पुगेर गर्भ परिक्षण अन्तरगत आल्ट्रसाउण्ड (भिडियो एक्सरे) सेवा दिएको हो।स्थानीय स्तरमै भिडियो एक्सरे सेवा सञ्चालनमा आएपछि गर्भवती महिलालाई चेकजाँच गराउन सहज भएको दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले जानकारी दिए। गर्भ परिक्षण गराउन शहर बजार जानु पर्ने बाध्यतालाई हटाउन गाउँमै गर्भ पर

सम्बन्धित सामग्री

‘तीन महिनासम्म गर्भ खेर जाने जोखिम धेरै हुन्छ’

सामान्यतया गर्भ रहेको २० हप्ताअघिको अवस्थामा गर्भ खेर जानसक्छ। गर्भ रहेको पहिलो तीन महिनामा विभिन्न कारणले गर्भ खेर जाने सम्भावना बढी हुन्छ।  गर्भधारणको पहिलो २० दिनमा महिलाले आफू गर्भवती भएको थाहा नै नपाउने सम्भावना पनि उत्तिकै रहन्छ। पछिल्लो समय नेपालमा यो समस्या धेरै बढेको तथ्याङक पनि सार्वजनिक भइरहेका छन्। अस्पतालमा बच्चा खेर जाने समस्या लिएर […]

गर्भ जाँच गराउँदा अण्डा उपहार

चितवनको इच्छाकामना गाउँपालिकाले गर्भवती महिलाले गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराउने भएको छ । पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई  अण्डा उपलब्ध गराइने भएको हो ।  गर्भवती महिलालाई नियमित स्वास्थ्य संस्थामा आई गर्भ जाँच गराउनका लागि प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष माया सिलवालले बताइन् । गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेटिएको उक्त कार्यक्रमका लागि बजेट विनियोजनसमेत गरिएको

गर्भ जाँच गराउँदा अण्डा उपहार

चितवनको इच्छाकामना गाउँपालिकाले गर्भवती महिलाले गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराउने भएको छ। पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई  अण्डा उपलब्ध गराइने भएको हो।

प्रत्येक गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराइने

मुग्लिन– चितवनको इच्छाकामना गाउँपालिकाले गर्भवती महिलाले गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराउने भएको छ । पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई  अण्डा उपलब्ध गराइने भएको हो । गर्भवती महिलालाई नियमित स्वास्थ्य संस्थामा आई गर्भ जाँच गराउनका लागि प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष माया सिलवालले बताएका छन् । […]

दुई सन्तानको जन्म तर जुम्ल्याहा होइनन् : ५ दिनमा दुईपटक गर्भवती भएकी थिइन् महिला

एउटी आमाले तीनवटा गर्भपतनपछि एउटा चमत्कार महसुस गरिन् ।३० वर्षकी कारा विनहोल्डले असाध्यै पीडादायी तीनवटा गर्भपतन सहिन् तर उनी पुनः गर्भवती भइन् । खुसीको सीमा रहेन । तर चमत्कार त्यतिबेला भयो जब उनी गर्भवती भएको एक हप्तापछि पुनः गर्भवती भइन् ।उनको चमत्कारिक गर्भधारण एउटा निकै दुर्लभ घटना हो जसलाई सुपरफेटेशन भनिन्छ । सुपरफेटेशन त्यतिबेला हुन्छ जब गर्भावस्थाको सुरुवाती समयमा नै अर्को गर्भ बस्छ । यो पहिलो गर्भ बसेको केही दिन वा केही हप्ताको फरकमा बस्ने गर्दछ ।‘मैले डाक्टरलाई ‘के भयो

राजपुर नगरपालिकाले नि:शुल्क गर्भ जाँच गर्न अल्ट्रासाउण्ड मेसिन खरिद गर्दै

नवनिर्वाचित नगर प्रमुख डा मोराजीक अ‍ालमले कार्यभार सम्हाल्दै नगरपालिका भित्रका गर्भवती महिलाहरुको निशुल्क गर्भ जाँच गर्ने पहिलो निर्णय गरेका छन्।

कट्रिना गर्भवती भएको खबरमा कत्तिको छ वास्तविकता ?

बलिउडकी ग्ल्यामर गर्ल कट्रिना कैफको विषयमा विभिन्न खबर भारतीय सञ्चार माध्यममा आइरहेका छन् । ती सञ्चार माध्यमका अनुसार कट्रिना कैफ गर्भवती भएकी छिन् । उनको गर्भ दुई महिनाको भइसकेको पनि बताइँदै छ । तर यो खबर मात्र एक अफवाह भएको बताइएको छ ।कट्रिना आफैँले यो खबर खारेज गरिदिएकी छिन् । इटाइम्सले कट्रिना कैफको समूहसँग उनी गर्भवती भएको बारे कुरा गरेको छ । नायिकाको टिमले उनी गर्भवती नभएको स्पष्ट पारेको छ । उनी हाल आफ्नो करियरमा केन्द्रीत रहेको उनीहरुले बताए । साथै श्रीमान् विक्की कौशलसँग आफ्नो विवा

मासिक श्राव बन्द हुनु मात्र होइन गर्भवती हुनुको संकेत

दम्पतीको लागि एक सुखद् सूचक हो, गर्भ रहनु । जब दम्पतीले सन्तानको योजना बनाएका हुन्छन्, तब गर्भ रहनु उनीहरुका निम्ति सुखद् खबर हो । तर, कतिपयको लागि यो खबरले त्यस्तो सुख दिदैन । अनपेक्षित रहने गर्भ उनीहरुका निम्ति टाउको दुखाईको विषय बन्न सक्छ । गर्भ रहेको वा नरहेको कुरा कसरी भेउ पाउने ? यसका लागि […]

सिस्नेका हरेक गर्भवती महिलालाई १५ वटा कुखुरा

रुकुम (पूर्व) : सिस्ने गाउँपालिका–६ का गर्भवती महिलालाई निःशुल्क कुखुरा वितरण गरिएको छ।शनिबार सिस्ने–६ को वडा कार्यालय छिप्रिदहमा वडाभित्र बसोबास गरिराखेका १५ जना गर्भवती महिलालाई १५ वटाका दरले निःशुल्क कुखुरा वितरण गरिएको हो।गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत १५ जना गर्भवती महिलालाई गाउँपालिकाका अध्यक्ष कुमारी बरालले कुखुरा वितरण गरेकी हुन्‌। वडाका बासिन्दासहित वडाभित्र बसोबास गर्दै आएका र गर्भ नियमित चेकजाँच गरिराखेका गर्भवती महिलालाई कुखुरा वितरण गरिएक

डोटी - उमेर नपुगी गर्भ जाँच गराउने ११ प्रतिशत

डोटी – डोटीमा स्वास्थ्य संस्थामा गर्भ जाँच गराउनेमध्ये ११ प्रतिशत उमेर नपुगी गर्भवती हुने गरेको पाइएको छ ।जिल्ला स्वास्थ्य कार्यालय डोटीको तत्थ्याङ्क अनुसार जिल्लाभरिका स्वास्थ्य संस्थाहरुमा आर्थिक वर्ष २०७६/०७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये एघार प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् । कानुनले विवाहको उमेर २० वर्षभन्दा माथि कायम गरेको भए पनि डोटीमा २० वर्ष नपुग्दै विवाह गर्ने तथा गर्भवती हुने क्रम नरोकिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो ।अघिल्ला वर्षहरुको तुलनामा उमेर नपुग्दै आम...