परिवार नियोजनको अस्थायी साधन बन्दै सुरक्षित गर्भ पतन सेवा

२१ मंसिर, डोटी । सायल गाउँपालिका-३ की महिला स्वास्थ्य स्वयमसेविका गंगा रावलको भन्छिन्, ‘तीन महिने डिपो लाउनुभन्दा त फाल्नु सजिलो भन्छन्, परिवार नियोजनका अस्थायी साधनहरू प्रयोग गर्नै मान्दैनन् । तीन/तीन पटकसम्म पनि गर्भ पतन गराउँछन् महिलाहरु ।’ पटक/पटक गर्भ पतन गराएमा स्वास्थ्य समस्या आउने कुरा आफूले जानकारी गराउँदा पनि महिलाहरूले नमान्ने गरेको उनको भनाइ छ […]