म्याग्दी - म्याग्दीमा पछिल्ला केही वर्षदेखि गर्भ तुहिने र मृत नवजात शिशु जन्मने समस्या बढेको छ ।
बेनी अस्पतालमा रहेको मातृ तथा नव शिशु मृत्यु निगरानी तथा प्रतिकार्य (एमपीडीएसआर)को तथ्याङ्कले गर्भ तुहिने र गर्भको उमेर पुगे पनि मृत जन्मने समस्या बढेको देखाएको हो ।
तथ्याङ्कअनुसार आव २०७५/७६ मा स्वास्थ्य संस्थामा सुत्केरी हुन गएकामध्ये १२ जनाको पेटभित्रै मृत बच्चा थियो ।
त्यही आर्थिक वर्षमा छ नवजात शिशुको २२ दिनभित्रै ज्यान गयाे। त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा १५ गर्भवतीले मृत शिशु जन्माए भने एक जना आमाको सु...