गर्भ जाँच गराउँदा अण्डा उपहार

चितवनको इच्छाकामना गाउँपालिकाले गर्भवती महिलाले गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराउने भएको छ । पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई  अण्डा उपलब्ध गराइने भएको हो ।  गर्भवती महिलालाई नियमित स्वास्थ्य संस्थामा आई गर्भ जाँच गराउनका लागि प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष माया सिलवालले बताइन् । गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेटिएको उक्त कार्यक्रमका लागि बजेट विनियोजनसमेत गरिएको

सम्बन्धित सामग्री

गर्भ जाँच गराउँदा अण्डा उपहार

चितवनको इच्छाकामना गाउँपालिकाले गर्भवती महिलाले गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराउने भएको छ। पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई  अण्डा उपलब्ध गराइने भएको हो।

गर्भवती महिला स्वास्थ्य चौकी गए अण्डा उपहार

१९ साउन, तेह्रथुम । स्थानीय म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो । स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउने महिलालाई प्रतेक पटक १० वटाका दरले …