प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका दीपावलीको पूर्वसन्ध्यामा पनि यत्रतत्र फोहोर थुपारिएको छ । नगरप्रमुख लालकिशोर साहको बेवास्ताका कारण नगरक्षेत्रका फोहोर उठ्न नसकेको जनप्रतिनिधिहरुको आरोप छ । सर्वसाधारणले दीपावलीमा आ–आफ्नो घर, आँगन, सडक सरसफाइ गर्छन् । तर जनकपुरधाम उपमहानगरपालिकाले अहिलेसम्म सडकबाट दुर्गन्धित फोहोरमैला नउठाउँदा नगर क्षेत्र नै दुर्गन्धित बनेको सर्वसाधारणको भनाइ छ ।जनकपुरधाम उपमहानगरको पिडारी चोक, रामानन्द चौक, भानु चोक, मिल्स एरिया, मुरली चोकलगायतका सडक तथा