सडक स्तरोन्नतिमा १६ लाख हिनामिना, ५ जनाविरुद्ध मुद्दा

काठमाडौं : सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट विनियोजित रकम हिनामिना गरेको आरोपमा पूर्वाधार विकास कार्यालय रौतहटका प्रमुख इन्जिनियरसहित ५ जनाविरुद्ध मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको रामनगर गाउँपालिका ६ स्थित मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन चोकसम्म सडक स्तरोन्नति गर्न आर्थिक वर्ष २०७५/७६ मा विनियोजन गरिएको रकममध्ये १६ लाख ५९ हजार ९७२ रुपैयाँ हिनामिना भएको पुष्टि गर्दै विशेष अदालतमा आज मुद्दा दर्ता गरेको हो।अख्तियारले पूर्वाधार विकास कार्यलय रौतहटका तत्का

सम्बन्धित सामग्री

किन लगाइयो डोनाल्ड ट्रम्पको कम्पनीलाई १६ लाख डलर जरिवाना ?

न्यूयोर्क । डोनाल्ड ट्रम्पको घर जग्गा कम्पनीलाई न्यूयोर्कका एक न्यायाधीशले कर अपराधको लागि १६ लाख डलर जरिवाना गरेका छन्। डिसेम्बरमा न्यायाधीशहरूले ट्रम्प संगठनलाई धोखाधडी र व्यापारको रेकर्डमा छलछाम गरेकोमा दोषी करार गरेका थिए । कम्पनी

२८ लाख भ्रष्टाचार गरेको अभियोगमा इञ्जिनियर र प्लम्बरविरुद्ध मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा इञ्जिनियर नवराज सत्याल र प्लम्बर बखत बहादुर थापाविरुद्ध मुद्दा दायर गरेको छ। खानेपानी तथा सरसफाई डिभिजन नं ४ मन्थलीमा कार्यरहत रहँदा नगद १६ लाख र चेकमार्फत १२ लाख घुस लिएको पुष्टि भएको भन्दै आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आफैँले अनुसन्धान गरेर दायर गरेका मुद्दा पनि किन हार्छ अख्तियार ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेका मुद्दा जित्ने प्रतिशत अहिले दिनदिनै ओरालो लागिरहेको छ । कुनै समय आफूले दायर गरेका मुद्दामध्ये ८८ प्रतिशतसम्म मुद्दा जितेको विरासत भएको अख्तियारले गत आर्थिक वर्षमा जम्मा ३८ प्रतिशत मुद्दा मात्रै जित्यो ।अर्थात्, आफूले प्रमाण जुटाएर, लामो समय लगाएर अनुसन्धान गरेर दायर गरेका मुद्दामा पनि अख्तियार हारिरहेको छ । यसले अख्तियारको सफलता दर कम भइरहेको देखाउँछ । चालु आर्थिक वर्ष २०७९/८० मा अख्तियार नयाँ मुद्दा दायर गर्नु भन्दा पनि विगतका मुद्दामा आफ्नो दाबी अनुसार फैसला नआएका मुद्दामा पुनरावेदन जाँदै ठिक भएको छ । चालु आर्थिक वर्षको ४ महिनामा नयाँ मुद्दा ४० वटाको हाराहारीमा दायर गरेको अख्तियारले यो अवधिमा १२४ वटा पुनरावेदन दर्ता गरेको छ ।कनि घट्दैछ अख्तियारको सफलता दर ?मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकार सम्मेलनको आयोजना गरेर सफलता दर कम हुँदै गएको अथवा दायर गरिएका मुद्दाहरु हार्नु परेको कारणबारे केही दाबी भने पेश गरेको छ । सर्वोच्च अदालतले विभिन्न मितिमा गरेका फैसलालाई देखाउँदै विशेष अदालतले प्रमाण पुग्ने मुद्दाहरु समेत खारेज गर्न थालेको आरोप अख्तियारको छ । घुमाउरो गरी अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले सोही कारण आयोग नयाँ मुद्दामा ध्यान दिन नपाई पुनरावेदनलाई प्राथमिकतामा राख्नुपर्ने बाध्यतामा रहेको दाबी गरे । यतिसम्म की, रङ्गेहात घुससहित समातिएका व्यक्तिहरु विरुद्द दायर भएका मुद्दासमेत हार्न थालिएपछि अख्तियार छक्क परेको छ । यद्यपी, सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७८ सालको सरुमा रंगेहात घुसका मुद्दामा अख्तियारले प्रमाणको सिर्जना गर्न नसक्ने व्याख्या गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली–२०५९ को नियम ३० खारेज गरेको थियो ।जसका कारण धेरैजसो रंगेहात घुससहित समातिएका व्यक्तिविरुद्दका मुद्दा खारेज भएका छन् । यसै कारण अख्तियारको सफलता दरमा अस्वभाविक गिरावट आएको हो । अख्तियारले पुनरावेदन गरेका १२४ वटा मुद्दाबाट ४२ करोड १६ लाख रुपैयाँ विगो मागदाबी गरिएको छ । पुनरावेदन गरेका मुद्दामा पनि घुस/रिसवतकै मुद्दा धेरै छन् । गैरकानुनी सम्पत्ति आर्जन, राजस्व चुहावट र नक्कली बैंक ग्यारेन्टीका एकाध मुद्दामा पनि अख्तियारले पनरावेदन दर्ता गराएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिपादी  पक्राउ

काठमाडौँ– बैंकिङ कसूर मुद्दामा रु १६ लाख ५० हजार जरिवाना तोकिएर फरार रहेका खोटाङ घर भई हाल भक्तपुरस्थित थिमीमा बस्ने ईन्द्रकुमार राइलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरस्थित ग्लोबल आइएमई बैंकको शाखामा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेपछि उक्त कसूरमा मुद्दा परेको थियो । […]

किसानका लागि ट्रयाक्टर खरिदमा  साढे १६ लाख अनियमितता

किसानका लागि ट्रयाक्टर किन्दा १६ लाख ३५ हजार अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कर्मचारीसहित चारजनाविरुद्ध मुद्दा दायर गरेको छ । कस्टम हायरिङ सेन्टर र पोस्ट...

मृतकको नाममा रकम हिनामिना गरेको अभियोगमा ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

असोज १३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर जिल्लाको साविक रामपुर ठोक्सिला गाविसका पाँच जना तत्कालिन सचिवहरु विरुद्ध सार्वजनिक सम्पति दुरुपयोग गरेको अभियोगमा मंगलवार मुद्दा दायर गरेको छ ।  अनुसन्धानको क्रममा १६ लाख ४० हजार ५०० रुपैयाँ ती कर्मचारीहरुले मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र वनावटी नाममा सामाजिक सुरक्षा भत्ता वापतको रकम निकासा गरी दुरुपयोग गरेको  खुलासा भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले तत्कालिन गाविस सचिवहरु केशवप्रसाद आचार्य, लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा,पुष्पराज सिग्देल विरुद्ध अलग - अलग माग दावी गर्दै मुद्दा दायर गरेको हो ।