असोज १३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर जिल्लाको साविक रामपुर ठोक्सिला गाविसका पाँच जना तत्कालिन सचिवहरु विरुद्ध सार्वजनिक सम्पति दुरुपयोग गरेको अभियोगमा मंगलवार मुद्दा दायर गरेको छ ।
अनुसन्धानको क्रममा १६ लाख ४० हजार ५०० रुपैयाँ ती कर्मचारीहरुले मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र वनावटी नाममा सामाजिक सुरक्षा भत्ता वापतको रकम निकासा गरी दुरुपयोग गरेको खुलासा भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले तत्कालिन गाविस सचिवहरु केशवप्रसाद आचार्य, लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा,पुष्पराज सिग्देल विरुद्ध अलग - अलग माग दावी गर्दै मुद्दा दायर गरेको हो ।