किसानका लागि ट्रयाक्टर खरिदमा  साढे १६ लाख अनियमितता

किसानका लागि ट्रयाक्टर किन्दा १६ लाख ३५ हजार अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कर्मचारीसहित चारजनाविरुद्ध मुद्दा दायर गरेको छ । कस्टम हायरिङ सेन्टर र पोस्ट...

सम्बन्धित सामग्री

चितवनमा १७ हजार सवारी कारवाहीबाट डेढ करोडभन्दा बढी राजस्व संकलन

माघ १२, चितवन । ट्राफिक प्रहरी कार्यालय चितवनले आर्थिक वर्ष ०७८/७९ को ६ महीनामा डेढ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।  कार्यालयका अनुसार चालू आवको साउनदेखि पुस मसान्तसम्ममा १ करोड ५५ लाख ७९ हजार ५०० राजस्व संकलन गरेको हो । सो अवधिमा कुल १७ हजार १०९ ओटा सवारीसाधन कारवाहीमा परेका थिए ।  कारवाही गरिएका सवारीमध्ये सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्रयाक्टरबाट राजस्व संकलन भएको छ । जस अनुसार सो अवधिमा ४ हजार ७१५ मोटरसाइकल कारबाहीबाट ३९ लाख ४२ हजार ५०० रुपैयाँ र ८१२ ओटा ट्रयाक्टर कारवाहीबाट ७ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।  यसैगरी, कार्यालयले ३ हजार २३४ ओटा ट्रक, ट्रिपर कारवाहीबाट ३४ लाख ४९ हजार रुपैयाँ, २ हजार २६८ ओटा बस माइक्रो कारवाहीबाट २० लाख ७१ हजार, ३ हजार ९१४ ओटा जीप कार कारवाहीबाट ३६ लाख ९४ हजार र २ हजार १६६ ओटा टेम्पो तथा अन्य सवारी कारवाहीबाट १६ लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।  कार्यालय प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले सवारीसाधनको कारवाही, प्रकृति र गल्ती अनुसार राजस्व संकलन हुने बताए । ‘सवारी चालकको गल्ती, प्रकृति अनुसार नै कारवाही हुन्छ, उनले भने, अर्को कुरा जुन प्रकृतिको सवारी संख्या बढी छ । लापरवाही पनि सोही सवारी साधनको भएको छ । ’ चितवनमा सबैभन्दा बढी मोटरसाइकल बढी चल्ने र दोस्रो बढी जिप, कार बढी गुड्ने र लापरवाही र गल्ती पनि उनीहरुले गरेकोले सोही अनुसार राजस्व संकलन भएको उनको भनाइ छ । चितवन भएर दैनिक २५ हजार बढी सवारीसाधन आवतजावत गर्छन् ।

भरतपुर महानगरले बाँड्यो कृषि फार्मलाई अनुदानमा ट्रयाक्टर

चितवन । चितवनका सात वटा कृषि फार्मले उच्च क्षमताको ट्रयाक्टर पाएका छन् । भरतपुर महानगरले कृषिमा आधुनिकीकरण र उत्पादन क्षमता बढाउने योजनासहित ६ वटा ट्रयाक्टर र एउटा हाते ट्रयाक्टर (मिनीटिलर) हस्तान्तरण गरेको हो । महानगर परिसरमा आयोजित कार्यक्रममा  महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरीले कृषि फार्मका किसानलाई ट्रयाक्टर हस्तान्तरण गरे । उच्च प्रविधिका ट्रयाक्टर पाउनेमा महानगरका  कैलाश कृषि विकास कृषक समूह, विमल एग्रो फार्म एन्ड रिसर्च सेन्टर, कमलपोखरी गरिबी निवारण साना किसान कृषि सहकारी संस्था, अमृत किसान बहुउद्देश्यीय सहकारी संस्था, हिमशिखर कृषि सहकारी संस्था  र उन्नत बिज वृद्धि कृषक समूह रहेका छन् । यस्तै,  रिजन कृषि तथा पशुपक्षी फार्मले हाते ट्रयाक्टर पाएको छ । वितरण गरिएका ट्रयाक्टरमा, हाइरो, कल्टिभेटर र रोटाभेटर रहेका छन् । प्रतिट्रयाक्टर १६ लाख ५२ हजार लागत मूल्यका ट्रयाक्टर महानगरले ८ लाख अनुदान दिएको महानगरका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले जानकारी दिए  । महानगरमा आवेदन परेका कृषि फार्म र समूहलाई छनोट गरी थप पाँच वटा ट्रयाक्टर अनुदानमा उपलब्ध गराइने पौडेलले बताए । केही दिनअघि महानगरले एउटा  फार्मलाई धान रोप्ने उच्च प्रविधिको मेसिन हस्तान्तरण गरेको थियो ।  केही दिनमै ५ वटा फार्मलाई धान रोप्ने, प्रशोधन गर्ने र इलेक्ट्रिक डायर मेसिन वितरण गरिने भएको छ । ट्रयाक्टर हस्तान्तरण कार्यक्रममा महानगर प्रमुख  दाहालले महानगरपालिकाले कृषि क्षेत्रको विकासका लागि यान्त्रिकीकरण र आधुनिकीकरणमा जोड दिइएको बताइन् । युवालाई  कृषि कर्ममा आकर्षण गर्न आगामी आर्थिक वर्षमा पनि यस क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरिएको उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिइन् । चितवनलाई व्यावसायिक र कृषि हबको रूपमा विकसित गर्ने लक्ष्य रहेको उनको धारणा थियो ।