बुद्धनगर टोल सुधार समितिको पहलमा काठमाडौँ महानगरपालिका–१० स्थित जोगीकुटीको जग्गामा सामूहिक हितका लागि उद्यान निर्माण भइरहेको छ । सर्वोच्च अदालतले भूमाफियाको चङ्गुलबाट छुटकारा दिलाई सार्वजनिक कायम गरेको सुवर्ण मार्गको एक रोपनी एकआना जग्गालाई खुला एवं हरियाली उद्यानका रूपमा विकास गर्ने काम भइरहेको बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले सार्वजनिक कायम गरेर उद्यान निर्माण शुर भइसकेपछि जानकी तिमिल्सिनाले पुनः कात्तिक २६ गते सर्वोच्चको संवैधानिक इजलासमा मुद्दा पुनरावलोकन गरी पाउँ निवेदन दर्ता गर्नुभएको थियो । रिटमा बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले मुद्दा दोहो¥याएर हेर्न अनुमति नदिने फैसला गरेको हो । फैसलापछि उद्यान निर्माणलाई अन्तिम रूप दिन लागिएको हो ।