कञ्चनपुरको लालझाडीमा आधुनिक उद्यान निर्माण हुने

२७ फागुन, काठमाडौं । कञ्चनपुरको लालझाडी गाउँपालिकामा आधुनिक उद्यान निर्माण हुने भएको छ । लालझाडी–१ सुख्खडघाटमा पाँच करोड रुपैयाँको लागतमा आधुनिक उद्यान निर्माण गर्न लागिएको हो । उद्यान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको लालझाडी गाउँपालिकाले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र लालझाडी गाउँपालिकाको संयुक्त साझेदारीमा उद्यान बन्न लागेको […]