नेपालगञ्जमा बाल उद्यान बनाइँदै

नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरलाई आकर्षक बनाउन बाल उद्यान निर्माण गरिने भएको छ । मन्दिरको पूर्वतर्फ रहेको खाली जग्गामा उद्यान निर्माणको काम सुरु गरिएको छ । आइतबार नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उक्त उद्यान शिलान्यास गरेका थिए ।यही पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी रु एक करोड ८२ लाखको लागतमा उच्चकोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको नगर प्रमुख विष्टले बताए । उनका अनुसार करिब रु छ करोड लागत अनुमान गरिएको बाल उद्यानभित्रको  करिब पाँच दशमलव पाँच कठ्

सम्बन्धित सामग्री

चिटिक्क बनाइँदै टुँडिखेल

तानसेन नगरपालिकाले पाल्पा टुँडिखेल चिटिक्क र आकर्षक बनाएको छ । टुँडिखेल सुधार योजनाअन्तर्गत नगरपालिकाको प्राङ्गणसँगै टुँडिखेल मर्मत सम्भार तथा सुधार गरिएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा टुँडिखेल मैदान सुधारसहित ज्येष्ठ नागरिकमैत्री र बाल उद्यान बनाउने उद्देश्यका साथ सो काम थालनी गरेको थियो ।