बटुवालाई शीतलता दिन र बिरुवा संरक्षण गर्न घोराही–१४ स्वर्गद्वारी आश्रमटोल क्षेत्रमा वातावरणमैत्री हरियाली उद्यान (ग्रिनपार्क) चौतारी निर्माण गरिएको छ । घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाबाट आर्थिक वर्ष २०७८/७९ मा विनियोजित रु पाँच लाख र टोलवासीको जनश्रमदानबाट उद्यान निर्माण गरी वडावासीले उदाहरणीय काम गरेका हुन् ।सानो लगानीमा निर्माण गरिएको उद्यानले यहाँको वातावरण सुन्दर बनाउन र आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । वातावरण स