आश्रमटोलमा हरियाली उद्यान

बटुवालाई शीतलता दिन र बिरुवा संरक्षण गर्न घोराही–१४ स्वर्गद्वारी आश्रमटोल क्षेत्रमा वातावरणमैत्री हरियाली उद्यान (ग्रिनपार्क) चौतारी निर्माण गरिएको छ । घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाबाट आर्थिक वर्ष २०७८÷७९ मा विनियोजित रु पाँच लाख र टोलवासीको जनश्रमदानबाट उद्यान निर्माण  गरी वडावासीले उदाहरणीय काम गरेका हुन् ।सानो लगानीमा निर्माण गरिएको उद्यानले यहाँको वातावरण सुन्दर बनाउन र आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । वा

सम्बन्धित सामग्री

बाइसधारा उद्यान

काठमाडौँ महानगरपालिका–१६ स्थित बाइसधारा उद्यानमा ढकमक्क फुलेको बेगमबेली फूल र उद्यान आसपासमा देखिएको विभिन्न बोट बिरुवाको हरियाली

पाँच दिनभित्र ३५ हजार बिरुवा रोप्दै महानगर

–दैनिक ३ सय वृक्षरोपण –झन्डै २ सय गमला –सबै सडक दायाँबायाँ रूख रोपिने –हरियाली प्रवद्र्धन र उद्यान निर्माण गर्न ५० करोड काठमाडौं । काठमाडौं महानगरपालिकाले असार महिनाभित्र करिब ९० हजार वृक्षरोपण गर्ने भएको छ । जेठबाट ‘हरियाली महानगर’ शुुरू गरेको महानगरले दैनिक ३ सय विरुवा रोपेको छ । हिजो सोमबारसम्म ३० हजार वृक्षरोपण गरेर महानगरले […]

एक लाख बिरुवा रोपेर शहरको हरियाली प्रवर्द्धन गर्दै कामपा

काठमाडौ । शहरमा हरियाली प्रवर्द्धनका लागि एक लाख बिरुवा रोप्ने अभियानअन्तर्गत आज काठमाडौं महानगरपालिकाले शंखधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ । कपुर, धूपी र समीका बिरुवा रोपेर अभियानको थालनी गर्दै यसअघि कोटेश्वर-जडीबुटी सडक खण्डमा १२० कपुरका बिरुवा रोपिसकिएको छ । शहरी हरियालीका प्रवर्द्धनका लागि एक लाख बिरुवा रोप्ने सपना पूरा गर्ने अभियान रहेको नगर प्रमुख बालेन्द्र साहले बताए ।  शहरी हरियालीका लागि धार्मिक मान्यता पाएका, फूल फुल्ने, फल फल्ने र बास्ना आउने बिरुवा रोपेर हरियाली बचाउने, वानस्पतिक र जैविक विविधता जोगाउने प्रयास थालिएको प्रमुख साहको भनाइ छ । चराचुरुंगी तथा अन्य जीव जनावरलाई खाना र बास उपलब्ध गराउन सक्ने क्षमता भएका स्थानीय जातका बोट बिरुवालाई जोगाउने योजनाअनुरूप रैथाने (इडेमिक) र प्राकृतिक रूपमा उम्रने (इन्डिजेनियस) बिरुवा रोपण कार्यलाई पहिलो प्राथमिकतामा राखिनेछ ।  सन् १८०२ मा एक वर्षसम्म काठमाडौंको नारायणहिटी र स्वयम्भूमा वैज्ञानिक बुचानन हामिल्टनले बोटबिरुवाको अध्ययन गरिएको थियो । त्यसबाट ४१ प्रजातिका बिरुवाको नाम नेवारी लवजमा राखिएको छ । अन्तरराष्ट्रियस्तरमा नेवारी लवजबाटै उच्चारण गरिने ती बिरुवा बोसिस्वाँ, नःकुस्वाँ, भोलुस्वाँ, लुँकुलिस्वाँ, गुँसीलगायतका हुन् । यी बिरुवाको वैज्ञानिक नाम क्रमशः बेटुला बोसिस्वाँ (अल्नस नेपालेन्सिस), लौरस नकुस्वाँ, डाँफे भोउलु, लुकुलिया ग्राटिसिमा, पोडोकार्पस नेरिफोलियस हो । यी बिरुवा स्थानीय हावापानीमा सजिलै हुर्कने तथा नेपाली जनजीवनसँग परिचित भएकाले जैविक र वानस्पतिक विविधताको संरक्षणमा सघाउ पुग्नेछ ।  वनस्पतिविज्ञ प्रकाश खड्गीका अनुसार नेपालमा पाइने १५८ प्रकारका रुख र ७५ प्रकारका बुटाहरू विश्वका अन्त कतै पाइँदैनन् । यहाँ ३१२ प्रकारका रैथाने जातका बोटबिरुवा छन् । सडकको किनारा, पार्क वा घरमा जहाँ ठाउँ छ, त्यहाँ आफ्नै वातावरणमा परिचित बोटबिरुवा रोप्न वनस्पतिविज्ञको सुझाव छ । यसरी रोपिने बिरुवामा उत्तिस, काब्रो, लप्सी, सिमल, पैयूँ, लेक पांगा, सिरिंगे, मिकुसी स्वाँजस्ता बिरुवा छन् । शहरको पानी, माटो, हावा, तापक्रम व्यवस्थापन गर्न वृक्षारोपण आवश्यक छ । यो आवश्यकता स्थानीय जातका बोटबिरुवाले पूरा गराउन सक्छन् ।  कामपाको उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाका प्रमुख नवराज थापाका अनुसार रत्नपार्कसँगै खुला मञ्च क्षेत्र तथा पार्कसँगै वडासँग समन्वय गरेर निर्धारण भएका ठाउँमा बिरुवा रोपिनेछ । रासस

समुदायले वनस्पति उद्यान सञ्चालन गर्न सक्छ ?

पृथ्वीमा मानव अस्तित्वका लागि स्वस्थ वातावरण र दिगो पारिस्थितिक प्रणाली आवश्यक पर्छ । तर, औद्योगिकीकरण, पूर्वाधार निर्माण र शहरीकरणको तीव्र प्रतिस्पर्धाले गर्दा मानव जीवनशैली, सोच र स्वास्थ्यमा प्रतिकूल असरहरू पनि देखापरेका छन् । त्यसैले आवास, कार्यालय, होटेल, अस्पताल, विद्यालय, मन्दिरपरिसरमा रमणीय हरियाली उद्यान बनाउनु सम्पन्नताको मानक बन्दै गएको छ । तसर्थ, आफूलाई शान्त र खुशी बनाउन मानिस पुनः प्रकृतितर्फ फर्कंदै छन् । यसैको प्रभाव स्वरूप नेपालमा पनि पछिल्लो समय शहरी पार्क, बोटानिकल गार्डेन (वनस्पति उद्यान), इको टे«ल, इको सर्किट, साहसिक खेल, होम स्टे सञ्चालन गर्ने लहर आएको छ, जुन पर्यापर्यटन, हरित रोजगारी र राजस्वका हिसाबले महत्त्वपूर्ण छन् । उद्यानको दिगो सञ्चालनका लागि प्रवेश तथा अन्य शुल्क, ध्यान तथा योगशिविर सञ्चालन गराउन सकिन्छ । उद्यानको मध्यवर्ती क्षेत्रमा वनभोज स्थलको सञ्चालन तथा व्यवस्थापनबाट पनि आम्दानी लिन सकिन्छ । राष्ट्रिय आयुर्वेद स्वास्थ्य नीति २०५२ मा हिमाल, पहाड र तराईमा नमूना जडीबुटी उद्यानहरूको विकास गरी घरेलु उपचार, उत्पादन, संरक्षण र प्रवर्द्धन गरी जनचेतना अभिवृद्धि गर्ने उल्लेख छ । यसैगरी जडीबुटी तथा गैरकाष्ठ वन पैदावार विकास नीति २०६१ मा जडीबुटीको स्व–स्थानीय र परस्थानीय संरक्षण र जडीबुटी क्षेत्र तोक्ने उल्लेख छ । साथै वन ऐन २०७६ को प्रस्तावनामा सामुदायिक, राष्ट्रिय र शहरी वन व्यवस्थापनलाई समेटेर अप्रत्यक्ष रूपमा सम्बोधन गरेको छ भने वन नियमावली २०७९ ले वनस्पति उद्यान, जडीबुटीसम्बन्धी संरक्षण, अनुसन्धान र व्यवस्थापनका लागि प्रत्यक्ष रूपमा सम्बोधन गरेको छ । बोटानिकल गार्डेन र पार्कबीचको भिन्नता दुवै संरचनामा भिन्नता भए पनि आम बुझाइ भने समान पाइन्छ । तर पनि यी दुवै उद्देश्य, प्राथमिकता र व्यवस्थापन विधिमा भने फरक हुन्छ । वास्तवमा वनस्पति उद्यान (बोटानिकल गार्डेन) भनेको वनस्पतिहरूको वैज्ञानिक व्यवस्थापन गरिएको जीवित संग्रहालय हो, जुन शिक्षा र जनचेतना अभिवृद्घिका लागि अपरिहार्य हुन्छ । यहाँ दुर्लभ, संकटापन्न, रैथाने, मौलिक र आर्थिक महत्त्वका वनस्पतिहरूको स्वस्थानीय र परस्थानीय संरक्षण, अध्ययन, अनुसन्धान, परीक्षण र प्रदर्शनी गरिएको हुन्छ । संरक्षित वनस्पतिहरूको वैज्ञानिक पहिचान र लेबलिङ हुन्छ भने संकलन गरिएका वनस्पतिहरूको मिति, स्थान र अन्य विवरणहरूको अभिलेख पनि राखिएको हुन्छ । साथै अन्तर उद्यान जर्मप्लाज्म (बीउ, गाना, जरा, हाँगा) साटफेर, कर्मचारीहरूबीच ज्ञान र अनुभव आदानप्रदान हरेक वनस्पति उद्यानमा हुनुपर्ने महत्त्वपूर्ण क्रियाकलाप हुन् । वास्तवमा जडीबुटी उद्यानको अवधारणाबाट वनस्पति उद्यानको विकास भएको हो । समयक्रममा वनस्पति उद्यानले ट्याक्सोनोमी (वैज्ञानिक पहिचान, नामकरण र वर्गीकरण), बीउ बैंक तथा थिमाटिक गार्डेनको स्याहारसम्भार, अभिलेखीकरण तथा विकास गरेको हो । जडीबुटी, सुनाखरी, उन्यू, बागवानी, जलीय, ढुंगे, ल्यान्डस्केप, रैथाने, साइटिस, शैक्षिक, इथ्नोबोटानिक, ट्याक्सोनोमिक फेमिली गार्डेन थिमाटिक गार्डेनका उदाहरण हुन् । यसैगरी जडीबुटीहरूको गुणस्तरीय बेर्ना उत्पादन तथा विक्री, दिगो खेती तथा प्रशोधन प्रविधिको विकास र हस्तान्तरणबाट स्थानीय जीविकोपार्जनमा योगदान पुर्‍याएको हुन्छ । हाल नेपालमा विभिन्न पारिस्थितिक प्रणालीहरूलाई प्रतिनिधित्व गर्दै वनस्पति विभागअन्तर्गत नौओटा जिल्ला (इलाम, धनुषा, मकवानपुर, ललितपुर, कास्की, बाँके, सल्यान, जुम्ला र कैलाली) मा १२ ओटा वनस्पति उद्यान सञ्चालित छन् । नेपालको सबैभन्दा पुरानो वनस्पति उद्यान राष्ट्रिय वनस्पति उद्यान, गोदावरी, ललितपुरको स्थापना विसं २०१९ मा भएको हो, जहाँ हाल करीब १ हजार ८५ वनस्पति प्रजाति संरक्षित छन् । शहरी पार्कको मूल उद्देश्य हरियाली, सुन्दरता, मनोरञ्जन, खुला स्थल, ऐतिहासिकता र शुल्क संकलन हुन्छ । तर, वनस्पति संरक्षण, मनोरञ्जन, वातावरणीय सेवा र राजस्व संकलनका हिसाबले पार्क र वनस्पति उद्यान दुवै बीच समानता पाइन्छ । हाल नेपालमा सामुदायिक, स्थानीय र प्रदेश सरकारबाट स्थापना गरिएका उद्यान वा पार्कहरूबाट केही भाग वनस्पति उद्यानका रूपमा सञ्चालन गर्न सकिन्छ । सामुदायिक स्तरमा सञ्चालन सम्भाव्यता नेपालको संविधान २०७२ मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधनस्रोतको अधिकतम परिचालनबाट आर्थिक विकास गर्ने उद्देश्य रहेको छ । सामुदायिक वन व्यवस्थापनको सफलताको अभ्यासपछि अब हामीले अनुसन्धान, अन्वेषण र दिगो सदुपयोगलाई प्राथमिकता दिनुपर्ने समय आएको छ । जहाँ सुशासन तथा लाभांशको न्यायोचित वितरणले महत्त्व राख्छ । यसका लागि तीनै तहका सरकारले विद्यालय तहदेखि नै स्थानीय वनस्पति तथा जडीबुटीको वैज्ञानिक पहिचान, परम्परागत ज्ञान र अभ्यास, गुणस्तरीय उत्पादन, असल खेती तथा संकलन अभ्यास, मूल्य अभिवृद्घि, बजार सूचनाप्रणाली, बीमा, हरित रोजगारीजस्ता व्यावहारिक विषयहरू पाठ्यक्रममा समावेश गरी कार्यान्वयन गर्नु आवश्यक छ । केही स्थानीय तहले परीक्षण स्वरूप जडीबुटीसम्बन्धी पाठ्यक्रम लागू पनि गरेका छन् । वनस्पति विज्ञान कृषि र वन विज्ञानको जननी हो भने आयुर्वेद, औषधि तथा पोषणको मुख्य अंश हो । कोभिड–१९ को महामारीपछि विश्वले वनस्पति विज्ञान र बोटानिस्टहरूको महत्त्वलाई थप महसूस गरेको छ । हरेक वनस्पतिको अध्ययन, अनुसन्धानको शुरुआत वैज्ञानिक पहिचान, प्रजातिको उत्पत्ति स्थान, भौगोलिक वितरण र स्थानीय प्रयोगसम्बन्धी ज्ञानबाट हुन्छ । विडम्बना, विश्वमै बोटानिस्ट (ट्याक्सोनोमिस्टहरू) को संख्या घट्दो छ । तसर्थ, समयसापेक्ष बोटानिस्टहरूको दक्ष जनशक्ति उत्पादन, ज्ञान निर्माण र अवसरको सृजना गर्न नेपालका सरोकारवाला विश्वविद्यालयहरूको संलग्नता र क्रियाशीलता आवश्यक छ । यसैगरी विश्वविद्यालय वा अनुसन्धानमूलक संस्थाहरूले म्युजियम र हर्बेरियम संग्रहालय स्थापना गरी शैक्षिक केन्द्रका रूपमा विकास गर्न सक्छन्, जुन वनस्पति उद्यानको महत्त्वपूर्ण पाटो हो । साथै हर्टिकल्चरिस्ट, आयुर्वेदविद्, रसायनविद्हरूलाई एउटै वनस्पतिको बृहत् रूपमा अनुसन्धान गरी शोध, प्रकाशन तथा प्याटेन्टिङ कार्यमा आबद्घ पनि गराउन सकिन्छ । उद्यान स्थापनाको शुरुआती चरणमा भौतिक पूर्वाधार निर्माणमा ठूलो लगानी आवश्यक भए पनि बिस्तारै यसलाई दिगो रूपमा सञ्चालन गर्न सकिन्छ । तसर्थ, प्रारम्भमा स्थानीय, प्रदेश, संघीय वा संयुक्त रूपमा उद्यान निर्माणमा लगानी गर्नुपर्ने हुन्छ । उद्यानको दिगो सञ्चालनका लागि प्रवेश तथा अन्य शुल्क, ध्यान तथा योगशिविर सञ्चालन गराउन सकिन्छ । उद्यानको मध्यवर्ती क्षेत्रमा वनभोज स्थलको सञ्चालन तथा व्यवस्थापनबाट पनि आम्दानी लिन सकिन्छ । स्वदेशी शोभनीय फूलहरूको विकास, इन्डोर, आउटडोर, मौसमी फूलहरू तथा कट्फ्लावर उत्पादन गरेर स्थानीय रोजगारी सृजना गर्न सकिन्छ । साथै यसको बीउ तथा बेर्ना विक्री वितरणबाट आयात प्रतिस्थापन गर्न सकिन्छ । किनकि हरेक नेपाली र अंग्रेजी नयाँ वर्ष, प्रणय दिवस (भ्यालेन्टाइन डे) र तिहार पर्वमा करोडौं रकम फूलका लागि बाहिरिने गरेको छ । यसअतिरिक्त खाद्य, हर्बल चिया, पेय, दन्तमञ्जन, सौन्दर्य प्रसाधन, जैविक विषादी, स्यानिटाइजर र हस्तकलाका उपहार सामग्री विक्रीवितरणबाट थप आम्दानी गर्न सकिन्छ । विभिन्न उत्सव (जन्मोत्सव, स्मृति) मा वृक्षरोपण गराई थप आय–आर्जन तथा जनसहभागिता बढाउन सकिन्छ । जनचेतना र व्यापारका लागि पुष्प तथा जडीबुटी मेला आयोजना गर्न सकिन्छ । यसको प्रभावकारी कार्यान्वयनका लागि वनस्पति अनुसन्धान केन्द्र, आयुर्वेद स्वास्थ्य केन्द्र तथा औषधालयहरू, कृषि ज्ञान केन्द्र, डिभिजन वन कार्यालय वा अन्य अनुसन्धानमूलक संस्थाहरूसँग लिखित समझदारी र ठोस कार्ययोजनाका साथ अघि बढ्नुपर्छ । समझदारी पत्रमा मुख्यतः भू–स्वामित्व, जिम्मेवारी र लाभको न्यायोचित बाँडफाँट उल्लेख गरिनुपर्छ । वास्तवमा यो एकीकृत सञ्चालन मोडेल वनस्पति उद्यानका लागि मात्र नभई विज्ञान र प्रविधिमा समुदायले अपनत्व लिन सहयोगी हुन सक्छ । अनि मात्र हामी वानस्पतिक विविधतामा धनी देश छौं भन्ने अनुभूति गर्न सक्छौं । समृद्धिको यो नयाँ आयाममा अघि बढ्न हाम्रो दृढ इच्छाशक्ति र समूहमा काम गर्न सक्ने क्षमतामा विकास हुनु अत्यन्तै जरुरी छ ।  लेखक वनस्पति विभाग, काठमाडौंका वैज्ञानिक अधिकृत हुन् ।

‘शहीद स्मृति उद्यान’ संरक्षणका पर्खाइमा

काठमाडौँ,१४ असोज । झट्ट उद्यान भन्ने बित्तिकै हरियाली फूलबारी, मनोरम दृश्य, बस्न आनन्दायक, सुन्दर र हरियाली बगैँचालाई बुझिन्छ । बाल उद्यान, जङ्गली जनावर, चराचुरुङ्गीसहितको सुन्दर मनोरम जहाँ पुग्दा मानिसका सारा दुःख र पीडा भुलाइदिने ठाउँ हो उद्यान । अवलोकन गर्नकै निम्ति विभिन्न ठाउँमा खर्च गरेर पुग्ने गरिन्छ । पाल्पा रामपुर नगरपालिका–५ स्थित बेझाड बजार दध्रानटारमा […]

एक दशकपछि हरियाली बन्यो वीरेन्द्र–ऐश्वर्य पार्क

बागलुङ : बजारवासीले विश्रामस्थलको रूपमा लिँदै आएको ऐतिहासिक वीरेन्द्र–ऐश्वर्य उद्यान झण्डै एक दशक अलपत्र पर्‍यो। हरियाली तथा व्यवस्थित बनेको सुन्दरपार्कमा वीरेन्द्र–ऐश्वर्यको सालिक थियो।२०६२।६३ सालको जनआन्दोलनका क्रममा आन्दोलनकारीले वीरेन्द्र–ऐश्वर्यको सालिक तोडफोड गरे। त्यसपछि पार्क विस्तारै कुरूप बन्दै गयो।पछिल्लो एक वर्ष अघिसम्म पार्कमा जीर्ण रूखमात्रै बाँकी थिए। धेरैले पार्क कुरूप बनेपछि पार्क संरक्षणको जिम्मा पाएको बागलुङ नगरपालिकाको चर्को आलोचना समेत भयो तर पछिल्

आश्रमटोलमा हरियाली उद्यान

बटुवालाई शीतलता दिन र बिरुवा संरक्षण गर्न घोराही–१४ स्वर्गद्वारी आश्रमटोल क्षेत्रमा वातावरणमैत्री हरियाली उद्यान (ग्रिनपार्क) चौतारी निर्माण गरिएको छ । घोराही उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन शाखाबाट आर्थिक वर्ष २०७८/७९ मा विनियोजित रु पाँच लाख र टोलवासीको जनश्रमदानबाट उद्यान निर्माण  गरी वडावासीले उदाहरणीय काम गरेका हुन् ।सानो लगानीमा निर्माण गरिएको उद्यानले यहाँको वातावरण सुन्दर बनाउन र आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिने नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए । वातावरण स

शहरी क्षेत्रमा हरियाली प्रवर्द्धन: रहर कि बाध्यता?

जनसंख्या वृद्धि र विस्तारित शहरीकरणकाबीच वातावरणीय सन्तुलन कायम गर्न काठमाडौंका विभिन्न सडक तथा नदी किनार र सार्वजनिक जग्गामा उद्यान निर्माण गरी वृक्षारोपण गर्ने काम विभिन्न निकायले गर्दै आएका छन्।...

नयाँ अवतारमा करिष्मा

एकातिर कलाकारितालाई थाती राखेर करिष्मा राजनीतिमा पनि सक्रिय भइन् । फेरि राजनीतिक जीवनलाई विश्राम दिंदै पठन–पाठनमा लागिन् । यतिबेला भने उनी घर–परिवारसँगै रमाइरहेकी छिन् । भन्छिन्, ‘जीवनभर काम र करिअरले छाडेन । दुधे बच्चालाई छाडेर समेत काममा जानुपर्‍यो । अहिले कोभिडयता भने परिवारसँग बस्न पाएकी छु ।’

जोगीकुटीको सार्वजनिक जग्गामा उद्यान

बुद्धनगर टोल सुधार समितिको पहलमा काठमाडौँ महानगरपालिका–१० स्थित जोगीकुटीको जग्गामा सामूहिक हितका लागि उद्यान निर्माण भइरहेको छ । सर्वोच्च अदालतले भूमाफियाको चङ्गुलबाट छुटकारा दिलाई सार्वजनिक कायम गरेको सुवर्ण मार्गको एक रोपनी एकआना जग्गालाई खुला एवं हरियाली उद्यानका रूपमा विकास गर्ने काम भइरहेको बागमती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।          सर्वोच्च अदालतले सार्वजनिक कायम गरेर उद्यान निर्माण शुर भइसकेपछि जानकी तिमिल्सिनाले पुनः कात्तिक २६ गते सर्वोच्चको संवैधानिक इजलासमा मुद्दा पुनरावलोकन गरी पाउँ निवेदन दर्ता गर्नुभएको थियो । रिटमा बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले मुद्दा दोहो¥याएर हेर्न अनुमति नदिने फैसला गरेको हो । फैसलापछि उद्यान निर्माणलाई अन्तिम रूप दिन लागिएको हो ।