देउरालीमा सहिद उद्यान

बाग्लुङ – जनयुद्धमा बलिदान दिने सहिदको सम्मानमा काठेखोला गाउँपालिका–१ पाला, देउरालीडाँडामा सहिद उद्यान बनिरहेको छ । वडाको लगानीमा उद्यान निर्माणले गति लिएको हो । हालसम्म झण्डै १५ लाख रुपैयाँ उद्यानमा खर्च भइसकेको वडाध्यक्ष खड्कबहादुर थापाले जानकारी दिए। आव २०७४/२०७५ देखि उद्यानका लागि वर्षेनी बजेट छुट्टिँदै आएको छ । एकैचोटी धेरै लगानी जुटाउन नसकेपछि उद्यान निर्माणले […]

सम्बन्धित सामग्री

सहिदको सम्झनामा शालिकसहित उद्यान निर्माण

तनहुँको घिरिङ गाउँपालिका –१ बैडीमा सहिद दिलमाया विक (सन्ध्या) को सम्झनामा शालिकसहितको उद्यान निर्माण गरिएको छ । सन्ध्याले २०६१ वैशाख २६ गते सहादत प्राप्त गर्नुभएको थियो । उहाँको अर्धकदको शालिकसहित उद्यान बनाइएको हो ।

पहेँलो कछुवाको ‘रोमान्स’

झापाको सुखानी सहिद स्मृति उद्यान परिसरमा रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा वैशाखको पहिलो सातासँगै पहेँलो कछुवा वरिपरिका पोखरी नजिक देखा पर्छन् । कुनै स्थानमा कछुवाले कछुवालाई पछ्यारहेको देखिन्छ । विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका 'पहेँलो कछुवा' यहाँ आधा दर्जनजति छन् ।

शहीदको सम्मान उद्यान निर्माण गरिँदै

सशस्त्र द्वन्द्वका समयमा निधन भएकाहरूको सम्मानका लागि सहिद उद्यान निर्माण गर्न थालेको हो ।

सहिदको सम्मान उद्यान निर्माण गरिँदै

खोटाङ, १७ वैशाख । बागलुङको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद उद्यान (पार्क) निर्माण गर्न थालेको छ । गाउँपालिकाले तत्कालीन सशस्त्र द्वन्द्वका समयमा निधन भएकाहरूको सम्मानका लागि सहिद उद्यान निर्माण गर्न थालेको हो । सहिदउद्यानसँगै वडा कार्यालयले चौतारा निर्माण गरिरहेको छ । सहिद स्मृति उद्यान संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा अहिले […]

सोलेडाँडामा उद्यान निर्माण गरी सहिदका सालिक स्थापना

ढोरपाटन – तमानखोला गाउँपालिकाले विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्मानमा सोलेडाँडामा उद्यान निर्माण गरि सालिक स्थपाना गरेको छ । गाउँपालिकाले प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दकसहित सशस्त्र द्वन्द्वका बेला तमानखोलाबाट ज्यान गुमाएका दुर्गाबहादुर बुढा, प्रेम घर्तीमगर, ओमकार बुढा र गङ्गबहादुर पुनको सालिक स्थापना गरेको अध्यक्ष बुढा मगरले जानकारी […]

कर्णाली प्रदेशमा पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व संकलन

वैशाख २३, सुर्खेत । कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट रू. ४८ लाख राजस्व संकलन भएको छ । यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट उक्त राजस्व संकलन भएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा सबैभन्दा बढी आन्तरिक पर्यटक घुम्न आएका थिए । विसं २०७८ वैशाख–पुससम्म बुलबुले ताल दृश्यावलोकन गर्न एक लाख ५१ हजार २८२ आन्तरिक र ५५ बाह्य पर्यटक आएका थिए । उनीहरुबाट रू. २१ लाख ७१ हजार राजस्व संकलन भएको कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख देवकुमारी शाहीले जानकारी दिए । त्यस्तै, २०७८ वैशाख–पुससम्म काक्रेबिहार घुम्न एक लाख ७४ हजार ३६९ आन्तरिक र १२ बाह्य पर्यटक आएका थिए । उनीहरुबाट रू. ६ लाख १८ हजार राजस्व संकलन भएको थियो । वीरेन्द्रनगरस्थित प्रादेशिक सहिद उद्यान पर्यटकीयस्थल घुम्न आउने १६ हजार २०० आन्तरिक पर्यटकबाट रू. चार लाख ५० हजार राजस्व संकलन भएको छ ।  गत चैतसम्म अपर कर्णालीको मुगु रारातालमा १३ हजार ११३ आन्तरिक र ६६ बाह्य पर्यटकले दृश्यावलोकन गर्दा रू. ९ लाख ३३ हजार राजस्व संकलन भएको छ । गत माघसम्म डोल्पाको शे–फोक्सुण्डो घुम्न आउने तीन हजार ४३८ आन्तरिक र ६१ बाह्य पर्यटकबाट रू. तीन लाख ३१ हजार ८०० राजस्व संकलन भएको शाहीले बताए ।  साउन–मंसिरसम्म दैलेखको गुराँस गाउँपालिकाको गुराँसे भ्यूटावर हेर्ने आउने ६ हजार १४९ आन्तरिक पर्यटकबाट रू. तीन लाख सात हजार राजस्व संकलन भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले १० जिल्लाका पर्यटकीयस्थलको विवरण आउन बाँकी छ । ‘आगामी वर्ष २०७९÷८० मा बाह्य पर्यटक आकर्षणका लागि ‘एक जिल्ला, एक पर्यटकीय उपज’ नीति लिएर पर्यटन प्रवर्द्धन र पूर्वाधारमा जोड दिएका योजना तथा कार्यक्रम बनाउँदैछौँ’,  उनले भने, ‘पाँच ‘प’ पहुँच, प्रवर्द्धन, प्रचार, पूर्वाधार र पर्यावरणलाई पनि मियो बनाउने योजना छ ।’ कर्णाली घुम्न आउने ६० वर्षमाथिको उमेरकालाई हवाई उडानमा रू. एक हजार छूट दिनेबारे पनि छलफल भइरहेको जोशीले बताए । प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामाले कर्णालीको पर्यटन विकास र आर्थिक समृद्धिका लागि नियमित हवाई उडान, कर्णाली र भेरी करिडोरको पूर्वाधार विकास भएकाले यसमा प्रदेश सरकारले आफ्नो अधिकार रहेर काम गर्नुका साथै संघीय सरकारसँग पहल भइरहेको बताए ।  प्रदेश सरकारले आगामी आवमा ती क्षेत्रको विकास गर्ने र कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने योजना बनाउने गरी अगाडि बढेको मन्त्री लामाले बताए । रासस

निजामती स्मारकमा पूर्वप्रधानमन्त्री आचार्य र पूर्व मुख्यसचिव थापाको शालिक

गोकर्णेश्वर नगरपालिका–४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा निर्माणाधीन निजामती स्मारकमा पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्य र मुख्यसचिव चन्द्रबहादुर थापाको शालिक निर्माण गरिने भएको छ । विसं २०१३ भदौ २२ गते निजामती ऐन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पूर्वप्रधानमन्त्री आचार्य र मुख्यसचिव थापाको शालिक शिलान्यास गर्न लागिएको राष्ट्रिय सहिद तथा शान्ति पार्क, निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए।   यही भदौ २२ गते निज...

भूमिगत ट्यांकीसहितको धर्मभक्त पार्क

सहरका उद्यान ओमबहाल नःबही एउटा ऐतिहासिक स्थल हो । काठमाडौं महानगर–२३ स्थित यही ठाउँमा सहिद धर्मभक्त