पाख्रिबास नगरपालिकामा बजेटको विषयमा जुहारी, बहिष्कारदेखि तोडफोडसम्म

असार १३, धनकुटा । देशका अधिकांश स्थानीय तहले असार १० गते बजेट तथा अगाडि नीति तथा कार्यक्रम ल्याएका छन् । सोही क्रममा धनकुटाका स्थानीय तहले पनि नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । धनकुटाका अधिकांश स्थानीय तहमा बहुमत र अल्पमतको खेल भएको छ ।  बहुमतवालाले पेलेर जाने रणनीति बनाए भने अल्पमतमा रहेकाले बहिस्कार गरेका छन् । यसै क्रममा धनकुटाको पाख्रिवास नगरपालिकामा भने तोडफोडसम्म हुन पुगेको छ । तोडफोड भएपछि त्यसको जिम्मा एकले अर्को पक्षले लिनुपर्ने बताउँदै आएका छन् ।  धनकुटाका ७ ओटै स्थानीय तहमा एमालेको ओली पक्षको एक्लै बहुमत रहेको छ भने अझ पाख्रिबास नगरपालिकामा एमालेको ओली पक्षको ५१ जनप्रतिनिधी र माधव नेपाल पक्षका १ जना जनप्रतिनिधी रहेका छन् । अरु दलका कुनै जनप्रतिनिधी छैनन् ।  एमालेले ‘क्लीन स्वीप’ गरेको पाख्रिबास नगरपालिकामा भएको विवादले भने उग्र रुप लिएको छ । नगरपालिकालको हलभित्र आठौं नगरसभा चलिरहँदा वडा नं. ४ का वडावासीहरुले आफ्नो वडाको बजेट कटौती गरी नगरप्रमुख वृषबहादुर राईले एकलौटी गर्न खोजेको भन्दै विरोध प्रदर्शनमा उत्रिएपछि भएको विवादले अहिले राजनीतिक दलहरुबीच निक्कै खटपट भएको छ । दलहरुका ध्रुविकरण बढ्दै, प्रतिकार गर्ने एमाले ओली पक्षको चेतावनी पाख्रिबासमा भएको तोडफोडपछि राजनीतिक दलहरुबीच ध्रुविकरण बढेको छ । नेकपा एमालेले सो घटनापछि राजनीतिक र कानूनी रुपमै प्रतिकार गर्ने चेतावनी दिएको छ भने नेपाली कांग्रेस सहित, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतले एमालेले सरकारी निकाय र एमालेले प्रतिकारमा उत्रिएपछि नहट्ने चेतावनी दिएका छन् । यसले गर्दा धनकुटामा बजेटकै विषयलाई लिएर राजनीतिक दलहरुमा हुन थालेको टकरावले जिल्लामा विकास निर्माणको मात्रै होइन, सुरक्षाको चुनौती पनि थपिदिएको छ । नगरपालिकामा भएको तोडफोडको विरोधमा शुक्रवार नेकपा एमालेले धनकुटामा पत्रकार सम्मेलन आयोजना गरी पाख्रीवास नगरपालिकाको नगरसभामा भएको हुलदंगा र तोडफोडको घटनालाई कानूनी र राजनीतिक हिसावले प्रतिवाद गर्ने चेतावनी दियो ।  पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष राजेन्द्र राईले गुण्डागर्दी शैली देखाउनेहरुलाई पक्राउ गरी कानूनी कारबाही गर्न पनि प्रशासनलाई आग्रह गरे भने भने नेपाली कांग्रेस लगायत दलले गुण्डागर्दी शैलीमा नगरसभा विथोल्ने, सभाहल तोडफोड गर्ने, कुर्सी टेवल भाँच्ने, शिशा फुटाउने, जनप्रतिनिधि माथि हातपात गर्ने जस्तो जघन्य अपराध गरेकाले प्रतिवाद गर्ने चेतावनी दिए । सरकारी तवरबाट प्रतिकार भए प्रतिवाद गर्ने, घटनाको कारक स्थानीय तह : विपक्षी दल एमालेले प्रतिकार गर्ने चेतावनी दिएलगत्तै शुक्रवार नै पाख्रिबासमा भएको विपक्षी दलको पत्रकार सम्मेलनमा सरकारी तवरबाट प्रतिकार भए प्रतिवाद गर्ने बताएका थिए । नेपाली कांग्रेस धनकुटा लगायत विपक्षी गठनबन्धनले पाख्रिवासका केही जनप्रतिनिधिहरुले गरेको स्थानीयलाई गरेको दुर्व्यवहार र हात हाल्ने समेत गरी उत्तेजित बनाउन कार्यको सशक्त प्रतिरोध गर्ने बताएका थिए । पाख्रिवासमा भएको सर्वदलीय भेलामा सत्ता पक्ष र प्रशासनले अन्याय र जवरस्ती गरे सशक्त प्रतिरोध गर्ने बताएका हुन् । उनीहरुले नगरप्रमुख वृषबहादुर राईसहितले ओली प्रवृत्ति देखाएका कारण सम्पूर्ण शक्ति लगाएर विरोधमा उत्रने समेत बताएका छन् ।  नेपाली कांग्रेसका पाख्रिबास नगर सभापति प्रेम भण्डारी, नेकपा माओवादी केन्द्र पाख्रिबास नगर अध्यक्ष मुक्ति बजगाई, नेकपा एमाले (नेपाल–खनाल) समुहका अध्यक्ष तथा वडा नं. ४ वडाध्यक्ष सोभित निरौला, जनता समाजवादी पार्टीका जितेन्द्र माङफुङ लगायतका नेताहरुले नगर प्रमुख वृषबहादुर राईले संघीयताको मर्म विपरित अलोकतान्त्रिक ढंगले वडाका बजेट व्यापक कटौती र चरम भ्रष्टचार गरेको भण्डारफोर गर्दै जनता समक्ष जाने बताएका थिए । पाख्रिवास नगरपालिकाका जनप्रतिनिधिहरुले नै गैरजिम्मेवार ढंगले हात हालेपछि स्वभाविक रुपमा प्रतिकार भएको र अब फेरि त्यसलाई प्रतिशोध साँध्नेगरी सरकारी पक्षबाट कुनै कदम चालिए यसको कडा विरोध गर्दै शसक्त प्रतिरोध गर्ने उनीहरुले पत्रकार सम्मेलनमा बताएका थिए ।  पाख्रिवास नगरपालिकामा भएको तोडफोडको जिम्मा स्वय नगरपालिकाले लिनुपर्ने विपक्षी दलले बताएका छन् । नगरसभामा जनताका शान्तिपूर्ण मागलाई दबाउन खोज्दा सो परिस्थति आएको उनीहरुको भनाइ छ । स्थानीय तहहरुले ल्याएका बजेटहरुमा पक्षपात पूर्ण योजनाहरु, विवादास्पद परियोजनाहरु, एकलौटी ढंगबाट गरिएका कार्यहरु तत्काल सच्याउनुपर्ने उनीहरुको भनाइ छ । जनताको भावना विपरित उठेका मागहरुलाई बुद्धीमता पूर्ण हिसाबले सम्बोधन गर्नुको सट्टा उल्टै गुण्डागर्दी धाकधम्की र छलछामको माध्यम अपनाउँदा उत्पन्न हुने परिस्थितीको जिम्मेवारी पनि स्थानीय सरकारले लिनुपर्ने नेपाली कांग्रेश धनकुटाका सभापति अग्नी पौडेलले बताए । नगर सभामा तोडफोड गर्नेलाई कारवाही र क्षतिपूर्ति माग : नगरपालिका पाख्रिबास नगरपालिकाको आठौ नगर सभामा आक्रमण गरी भौतिक सामग्री तोडफोड गर्नेहरु माथि कारवाहीको माग गरिएको छ । शनिवार पाख्रिबास नगरपालिका र नेकपा एमाले पाख्रिबास नगर कमिटीले छुट्टछुट्टै पत्रकार सम्मेलन मार्फत् विज्ञप्ति जारी गरेर कारवाहीको माग गरेका छन् । नगरपालिकाले प्रमुख बृषबहादुर राईले पत्रकार सम्मेलन गरेर नगर सभा सदस्यहरुलाई हातपात गर्नेरुलाई कारवाही र ५ लाख बराबर बढीको भौतिक क्षतिको परिपूर्ति गराउन सम्बन्धित प्रशासन र प्रहरीलाई अपिल गरेका छन् ।  प्रमुख राईले बजेट विनियोजनमा नगरको वडा न.४ को असहमति भएकोले उनीहरुको असहमति नगर सभामा राखेर टुंग्याउने भनिए पनि आफूहरु माथि आक्रमण भएको बताए । तोकीएको समयमा वडाको बजेट तथा कार्यक्रम नआएपछि स्थानिय सरकार सञ्चालन ऐन अनुसार वडाका बहुमत सदस्यहरुले सिफारिस गरेको योजना समावेश गरिएको राईले जानकारी दिए ।  अध्यक्ष निरौलालाई साधारण सदस्य समेत नरहने गरी कारवाही : एमाले (ओली पक्ष) घटनालाई लिएर उता नेकपा एमाले पाख्रिबास नगर कमिटीले वडा नं. ४ का वडा अध्यक्ष निरौलालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । नेकपा एमाले पाख्रिबास नगर कमिटीले नगर कमिटीले आयोजना पत्रकार सम्मेलनमा गरेको नगर अध्यक्ष शान्तिराम गौतमले पार्टीले निरौलालाई कारबाही गरेको जानकारी दिए । विपक्षीहरु सँग साँठगाँठ गरी पाटी विरुद्धमा लागेर सार्वजनिक सम्पति तोडफोड गर्ने योजनाकार निरौलाको अध्यक्ष पदको खारेजीका लागि समेत निर्वाचन कार्यालय जाने गौतमले बताए । यता वडाध्यक्ष निरौलाले भने कारबाहीको अर्थ नरहने बताएका छन् । उनले जनताको योजना माग गर्दा कोठामा बसेर कारबाही गर्ने एमाले पार्टी नै नभएको बताएका छन् । उनले एमालेको विधान, विधी, सिद्धान्त अनुसार पार्टीको काम गरेको र स्थानीय तह सञ्चालन ऐन अनुसार वडाध्यक्षको काम गरिएको बताएका छन् । कारबाही कसले र किन गयो भन्ने जानकारी नभएको निरौलाको भनाइ छ ।  स्थानीय तहको विरोध धनकुटाका सात ओटै स्थानीय तहहरुले पाख्रिबास नरपालिकामा नगरसभा सञ्चालन भइरहेको समयमा सभाहलभित्र भएको तोडफोडको विरोध जनाएका छन् । असार १० गते पाख्रिबास नगरपालिकाको हलमा नगरसभा चलिरहेका बेला नगरपालिका तोडफोडमा संलग्नलाई कारवाहीको दायरा ल्याउन पनि सात ओटै स्थानीय तहले माग गरेका छन् । सात ओटै स्थानीय तहले विज्ञप्ती जारी गर्दै यस्ता कार्यको घोर निन्दा एवम् भत्र्सना गर्दै संलग्न जो सुकै भए पनि अबिलम्ब कानूनी दायरामा ल्याउन माग गरेका छन् ।

सम्बन्धित सामग्री

डिल्लीबजारको सफ्टवारिका कलेजमा तोडफोड

काठमाडौंको डिल्लीबजार स्थित सफ्टवारिका कलेजमा तोडफोड भएको छ । आज बिहान ६ बजे सो कलेजमा अज्ञात समूहले तोडफोड गरेको हो ।मोटरसाइकलमा आएका ४ जनाको समूहले कलेजको सिसामा ढुंगामुढा गरेर भागेको कलेजका कर्मचारीले बताएका छन् । बन्दको दिन तोडफोड भएकोले बन्दकर्ताले तोडफोड गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भएको जनाएको छ ।

डिल्लीबजारको सफ्टवारिका कलेज तोडफोड

काठमाडौंको डिल्लीबजारस्थित सफ्टवारिका कलेजमा तोडफोड भएको छ। कलेज प्रसाशनका अनुसार बिहान ६ बजे कलेज तोडफोड भएको हाे।...

कोटेश्वरमा महानगर यातायातमाथि तोडफोड

काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड भएको छ। महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड भएको हो।...

टेलिफोन टावर तोडफोड

मुगु– मुगुको सोरु गाँउपालिकामा रहेको नेपाल टेलिकमको टावरमा फेरि पनि तोडफोड भएको छ ।पछिल्लो एक महिनामा सो टावर अज्ञात समूहबाट तीन पटक तोडफोड भएको हो । स्थानीय तह निर्वाचनको समयमा शान्ति सुरक्षा प्रभावकारी बनाएको स्थानीय प्रशासनले दावी गरेपनि सो टावरमा एक महिनाभित्रै तीन पटक तोडफोड भएको स्थानीयको भनाइ छ ।सोरु गााउँपालिका–३ भिइ गाँउमा रहेको नेपाल […]

बोलाएको कलाकार नआएपछि तोडफोड

सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ । आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीडले तोडफोड गरेको हो । महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो । कार्यक्रममा कलाकार नआएपछि आक्रोशित बनेको भीड तोडफोड र आगजनीमा उत्रिएका थिए । तोडफोडमा उत्रिएकाहरुले चारवटा भारतीय सवारी साधनमा पनि आगजनी भएको छ । भीड अनियन्त्रित बनेपछि बाक्लो संख्यामा ...

अज्ञात व्यक्तिद्वारा विद्यालय तोडफोड

अज्ञात व्यक्तिले बोगटान फुड्सिल गाउँपालिका–२ मा रहेको केदारअखडा माध्यमिक विद्यालयमा तोडफोड गरेको छ । नचिनेका मान्छेको समूहले रातिको समयमा विद्यालय तोडफोड गरेको प्रधानाध्यापक गुमानसिंह बोहराले जानकारी दिए । उनका अनुसार कार्यालय कक्षको ताला फोडेर विद्यालयमा तोडफोड गर्नाका साथै कोठाभित्र रहेका दराजका विभिन्न कागजात पनि च्यातेको छ ।“विद्यालयका धेरै कागजात च्यातेको भन्ने खबर पाएको छु”, प्रधानाध्यापक बोहराले भने, “म श्रीमतीको उपचारका लागि कैलालीमा छु, विद्यालय तोडफोड गरेको

विदुर नगरपालिका कांग्रेसद्वारा तोडफोड

नुवाकोट, साउन १८ । नेपाली कांग्रेस नुवाकोटले विदुर नगरपालिकाको कार्यालय तोडफोड गरेको छ । तोडफोड गर्ने क्रममा दुई प्रहरीसहित चारजना घाइते भएका छन् । नेपाली कांग्रेस निकट ६ जना वडा अध्यक्षहरुले नगरपालिकामा आर्थिक अनयमितता भएको भन्दै तोडफोड गरेका हुन् । कांग्रेसबाट निर्वाचित ६ जना वडा अध्यक्षसहितका आन्दोलनकारीले नगरपालिकामा ढुङगामुढा गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत […]

पाख्रिवास नगरपालिकामा तोडफोड

धनकुटा, ११ असार । धनकुटाको पाख्रिवास नगरपालिकामा तोडफोड भएको छ। निवर्तमान सांसद राजेन्द्र राईको गृहक्षेत्र समेत रहेको पाख्रिवास नगरपािलकामा नगर परिषद र बजेटका विषयमा विवाद हुँदा तोडफोड भएको हो। विपक्षी दलहरुले भने शान्तिपूर्ण रुपमा माग राख्न जाँदा वडा नं. ३ का वडा सदस्य हातपातमा उत्रेपछि प्रतिकार गर्दा तोडफोड भएको बताएका छन्। सबै वडाका योजना छलफल […]

जनकपुरधामको कोभिड अस्पतालमा तोडफोड

जनकपुरधाम : उपचार अभावमा कोरोना संक्रमितको मृत्यु भएको भन्दै एक समूहले प्रादेशिक अस्पताल जनकपुरधामको कोभिड अस्पतालमा तोडफोड गरेका छन्। मंगलवार साँझ संक्रमितलाई भर्ना नगरेको र संक्रमितको मृत्यु भएको भन्दै सो समूहले अस्पतालको उपचार कक्षमा जडान गरिएका उपकरणहरु समेत तोडफोड गरेका छन्। उक्त समूहले भेन्टिलेटरसमेत तोडफोड गरेको अस्पतालले जनाएको छ। करिब…