व्यवहार सच्याउन कञ्चनपुर प्रहरीलाई राजमोको चेतावनी

पुष्कर भट्ट, महेन्द्रनगर । राष्ट्रिय जनमोर्चाले निकालेको मसाल जुलुशका क्रममा प्रहरीले गरेको हस्तक्षेप र दमनप्रति राजमोले आपत्ति प्रकट गरेको छ । आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी राजमोले घटनाको विरोध गरेको हो । पत्रकार सम्मेलनमा राजमोका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै आपत्ति प्रकट गर्नुभयो । भट्टले भन्नुभयो, ‘प्रतिनिधि सभा विघटन गर्ने सरकारको असंवैधानिक कदमविरुद्ध हामीले देशैभर शान्तिपूर्ण प्रदर्शन गरिरहेका छौँ । त्यसै क्रममा माघ ९ गते साँझ महेन्द्रनगरमा पनि मसाल जुलुशको आयोजना गरिएको थियो । पूर्व घोषित शान्तिपूर्ण कार्यक्रममा प्रहरीले जसरी हस्तक्षेप र दमन गर्यो, त्यो निन्दनीय छ ।’ उहाँले राष्ट्रवादका नाममा प्रधानमन्त्री केपी ओलीले जनमतको खिल्ली उडाएको भन्दै उनको प्रतिगामी कदमको सशक्त रुपमा सामना गर्ने चेतावनी दिनुभयो । कार्यक्रममा राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीले प्रहरी हस्तक्षेपबाट विद्यार्थी नेता पुष्कर भट्टको हात भाँचिएको भन्दै उपचार गर्न र लाठी प्रहार गर्ने प्रहरी कमाण्डरलाई कारबाही गर्न माग गर्नुभयो । यस्तै, अखिल (छैठौं) का महासचिव महेशराज जोशीले आफूहरुमाथि प्रहरीले अपराधीलाई जस्तो व्यवहार गरेको भन्दै आफ्नो व्यवहार सच्याउन प्रहरीलाई चेतावनी दिनुभयो । कार्यक्रममा तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, समता समाजका महासचिव गोविन्द विक, रक्तिम सांस्कृतिक अभियान जिल्ला संयोजक ललित चन्द, राजमो जिल्ला उपाध्यक्ष मञ्जु परियार, अखिल (छैठौं) जिल्ला सचिव पुष्कर भट्ट लगायतका नेताकार्यकर्ताको सहभागिता थियो । राष्ट्रिय जनमोर्चा जिल्ला सचिव अहिमान थापाले संचालन गरेका कार्यक्रममा जिल्ला सहसचिव लाल बहादुर कुँवरले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले राजमोको संगठन र संघर्ष अभियानप्रति विभिन्न जिज्ञासा राखेको थिए । यो पनिः कञ्चनपुरमा राजमोले निकालेको मसाल जुलुशमा प्रहरी हस्तक्षेप, पाँच नेता घाइते

सम्बन्धित सामग्री

'व्याख्यात्मक टिप्पणी' भनेर एमसीसी अनुमोदन गर्नु मूर्ख बनाउने काम हो : लिङ्देन

कञ्चनपुर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले केही राजनीतिक दल र नेताहरूले वैदेशिक मामिलालाई हलुका ढंगबाट अघि बढाउँदा मुलुक शक्ति राष्ट्रको रणनीतिक प्रतिस्पर्धात्मक स्थल बनेको बताएका छन् । मंगलबार महेन्द्रनगरमा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले केही राजनीतिक दलका नेताहरूले केटाकेटी व्यवहार देखाउँदा नेपालको विश्वसनीयता कमजोर हुन पुगेको बताए । उनले व्याख्यात्मक टिप्पणी...

समग्र निर्यातयोग्य वस्तुको मूलप्रवाहीकरण

नेपालको निर्यात व्यापारमा केही जनजिब्रोमा झुन्डिएका केही सीमित शब्दहरू छन्, जसका वरिपरि निर्यात प्रवर्द्धनसँग सरोकार राख्ने पाँचओटा संगठित पक्ष : (१) सरकार, (२) निजीक्षेत्रका प्रतिनिधिमूलक संघसंस्था, (३) गैरसरकारी संघसंस्था, (४) दातृनिकाय एवम् (५) सञ्चारजगत् परिभ्रमण गरिरहेका भेटिन्छन् । नीतिगत रूपमा पनि तिनै वस्तुहरू प्राथमिकतामा पर्ने गर्छन् । गोष्ठी, सेमिनार, प्रस्तुति र पहल तथा प्राथमिकतामा पनि तिनै वस्तु पर्छन् । कुनै व्यवसायीले आफ्नो व्यक्तिगत खुबी र प्रयासबाट कुनै नयाँ वस्तु अन्तरराष्ट्रिय बजारमा स्थापित गरिसकेपछि मात्र उक्त वस्तु उपर्युक्त पाँचओटा क्षेत्रका दृष्टिमा पर्ने गर्छ र यसो गर्नुपर्छ र उसो गर्नुपर्छ भन्ने धाराप्रवाह प्रवचनहरूको वर्षा हुन थाल्छ । उदाहरणका लागि छुप्री र ऊनी फेल्टको निर्यातलाई लिन सकिन्छ । नितान्त निजी प्रयासमा बजार प्राप्त गर्न सफल भएका यी दुईओटा वस्तु अचेल उपर्युक्त पाँचओटा पक्षका जिब्रोमा झुन्डिन पुगेका छन् । तर, नेपालबाट धेरै यस्ता वस्तु पनि निर्यात भइरहेका छन् जो उपर्युक्त पाँचओटा पक्षको प्राथमिकताको सूचीमा पर्ने गर्दैन । मोफसलका उत्पादनहरू, नितान्त व्यक्तिगत प्रयासमा निर्यात भइरहेका उत्पादनहरू, हाल केवल नमूना प्रयोजनका लागि मात्र निर्यात भइरहेका नेपाली निर्यातयोग्य वस्तुहरूको देशभित्र कतै चर्चासमेत हुने गर्दैन । यसरी केही सीमित उत्पादनहरूलाई मात्र जनजिब्रोको विषयवस्तु बनाइँदा र त्यही आधारमा प्राथमिकताहरू निर्धारण गरिँदा देहायका दोषहरू देखा परेका छन् । पहिलो, केही निर्यातयोग्य वस्तुहरूले प्राथमिकताउपर प्राथमिकता पाउँदै जाने र छायाँमा परेका निर्यातयोग्य वस्तुहरू छायाँमा नै पर्दै जाने र कालान्तरमा निर्यातयोग्य वस्तुको सूचीबाट समेत हराउने खतरा पैदा हुने गर्छ । दोस्रो, निर्यातयोग्य वस्तुहरूको वस्तुगत र देशगत विविधीकरण गर्ने, नयाँनयाँ वस्तुहरू निर्यात बाँस्केटमा समावेश गर्दै जाने र यसका आधारमा निर्यातको आयतनमा वृद्धि गरी व्यापारघाटा न्यून गर्ने घोषित लक्ष्य प्राप्ति गर्न बाधा उत्पन्न हुने गर्छ । तेस्रो, आर्थिक अवसरहरूको समन्यायिक वितरण गर्ने कार्यमा पनि यसप्रकारका गतिविधिहरूले व्यवधान उत्पन्न गराइरहेका हुन्छन् । उदाहरणका लागि कर्णाली क्षेत्रका उत्पादनहरू सुदूरपश्चिमका उत्पादनहरू, हिमाली भेगका उत्पादनहरू र तराईका उत्पादनहरू आफूलाई निर्यातयोग्य वस्तुहरू निर्यातयोग्य वस्तुको सूचीमा आबद्ध हुन सकिरहेका छै्रनन् । प्राथमिकताहरू ती वस्तुहरूमा ओझेलमा पर्दा उचित सहयोग, अनुदान, पैरवीको अभावमा त्यस्ता वस्तुहरू केही समय निर्यातयोग्य वस्तुका रूपमा कायम रहन सक्षम भए पनि लामो समयसम्म बजारमा टिकी रहन नसकेका उदाहरण प्रशस्त छन् । कुनै समय बाँकेको खजुरा क्षेत्रबाट काक्रौ निकासी प्रमुख निर्यातयोग्य वस्तुका रूपमा रहेकोमा उचित पहलको अभावमा उक्त वस्तु केही समयपश्चात् निकासी हुन छोडेको संलग्न कृषकहरूको भोगाइ छ । सुदूरपश्चिम क्षेत्रको कञ्चनपुर जिल्लाबाट केही समय भारतको नयाँ दिल्लीमा परवर र बन्दागोबी निर्यात हुने गरेकोमा समयमै नेपालले ती निर्यातकर्ताको हितका बारेमा पहलकदमी लिन नसक्दा उक्त बजार पनि छोटो समयमै गुम्न पुगेको तीतो यथार्थ पनि हाम्रासामु छ । पूर्वी तराईबाट आँप पनि राम्रो परिमाणमा निर्यात हुन थाले तापनि निर्यातकर्तालाई उचित सहयोग, समर्थनको अभावमा उक्त निर्यातले पनि कञ्चनपुरको परबर र बन्दागोबीको हालत बेहोर्नुपर्ने लक्षणहरू देखिएका छन् । बर्दियाको राजापुर क्षेत्रबाट मथुरा, आग्राका पेठा मिठाई उत्पादन उद्योगलक्षित कुपिण्डो निर्यात हुने गरेकोमा कुपिण्डो निर्यातसम्बन्धी उचित नीतिको अभावमा उक्त वस्तुको निर्यात पनि खुम्चिँदै खुम्चिँदै शून्यमा झर्ने अवस्थामा पुगेको छ । यस्ता अरू पनि कैयौं उदाहरण छन् जसको चर्चा निर्यात क्षेत्रको नेपाली मूलधारमा कमै मात्र हुने गर्छ । लगभग अर्बको हाराहारीमा वार्षिक निर्यात हुने वस्तुहरू पीना, छुर्पी, रोजिन र टर्पेन्टाइनकोे तेल, आयुर्वेदिक औषधि, काँचका उत्पादन, प्लास्टिकका उत्पादन, सार तेल र त्यसका कन्सन्ट्रेटहरू, कत्था, संगीतका साधननहरूको चर्चा कुनै पनि फोरममा सुन्न मिल्दैन । यस्तै १० करोडदेखि ५० करोडको हाराहारीमा वार्षिक रूपम निर्यात हुने अम्लिसो, अन्नको भुस, अन्य रेशा निर्मित कार्पेट, तयारी खाद्य पदार्थ, दालचिनी, चिउरा, पोलिथिनका झोलाहरू, छालाका उत्पादनहरू, रिठा, काठका उत्पादनहरूको चर्चा पनि मूलधारका कमै हुने गर्छ । अधिक मूल्ययोग भई निर्यात भइरहेका निर्यातयोग्य वस्तुहरू कफी, दुग्ध पदार्थ, नक्कली कपाल, मदिराजन्य उत्पादन, शिरपोश, काउली र बन्दागोबी, ब्लांकेट, सेनटरी प्याड, अगरबत्ती, भेटनरी भ्याक्सिन, सुर्तीजन्य उत्पादन, अर्गेलीको बोक्रा, पुस्तक तथा प्रचारसामाग्री, रूद्राक्ष, फर्निचर, सेरामिक्सका उत्पादन, परिरक्षित तयारी खाद्य वस्तु, च्याउ, प्राकृतिक रेशाका कपडा, उखु उद्योगका अवशेषहरू, चकलेट, आँप र कुरिलो आदिको पनि नीति निर्माण तहदेखि पैरबीकर्ताको तहसम्म कतै प्राथमिकता दिएको पाइँदैन । उपर्युक्त तथ्य र तथ्यांकबाट नेपालका सबै निर्यातयोग्य वस्तुलाई निर्यात प्रवर्द्धनसँग सरोकार राख्ने पाँचओटा संगठित पक्षहरू (१) सरकार, (२) निजीक्षेत्रका प्रतिनिधिमूलक संघसंस्था, (३) गैरसरकारी संघसंस्था, (४) दातृनिकाय एवम् (५) सञ्चारजगत्ले समान व्यवहार नगरेको पुष्टि हुन्छ । हाम्रै छिमेकी भारतमा पनि सबै निर्यातयोग्य वस्तुहरूलाई पृथक् व्यवहार नहोस् भन्दै कुनै पनि क्षेत्र नछुटिने गरी दर्जनौं बोर्ड, निर्यात प्रवर्द्धन परिषद् र स्कीमहरूको व्यवस्था गरिएको छ । नयाँ निर्यातयोग्य वस्तुहरूको पहिचान, विकास र तिनको निरन्तरताका लागि विभिन्न संस्थागत व्यवस्थाहरू गरिएका छन् । परन्तु नेपालमा त्यस्तो सोच विकास हुन सकेको छैन । कुनै क्षेत्र अधिपोषणको र कुनै क्षेत्र कुपोषणको शिकारजस्तै अवस्था सृजना गरिएको छ । यस सोचमा परिवर्तन नगरेसम्म नेपालमा निर्यात सम्भावना भएका सबै वस्तुको यथोचित विकस हुने सम्भावना कम देखिएको छ । उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै निर्यात प्रवर्द्धनसँग सरोकार राख्ने पाँचओटा संगठित पक्षहरू (१) सरकार, (२) निजीक्षेत्रका प्रतिनिधिमूलक संघसंस्था, (३) गैरसरकारी संघसंस्था, (४) दातृनिकाय एवम् (५) सञ्चारजगत्ले कम्तीमा नेपालबाट निर्यात भइरहेका सबै वस्तुलाई यथोचित (गच्छेअनुसार) प्राथमिकता दिने प्रणालीको विकास गर्नु आवश्यक देखिन्छ । यसो गर्न सकेको खण्डमा हाल रू. हजारमा निर्यात भइरहेका वस्तृहरूको निर्यात रू. लाखमा कसरी पुर्‍याउने, अनि रू. लाखमा निर्यात भई रहेका वस्तुहरूको निर्यात रू. करोडका कसरी पुर्‍याउने तथा रू. करोडमा निर्यात भइरहेका वस्तुहरूको निर्यात रू. अर्बका कसरी पुर्‍याउने सोचअनुसार सबै वस्तुको यथोचित विकासका नेपाल सरकारका सम्बद्ध निकाय, निजीक्षेत्रका प्रतिनिधिमूलक संघसंस्था, गैरसरकारी संघसंस्था, दातृनिकाय र सञ्चारजगत् लागिपर्नु अति आवश्यक छ । यसो गर्न सकेको खण्डमा निश्चय नै वर्तमान व्यापारघाटाको विकराल खाडललाई धेरै हदसम्म साँघुरो बनाउन सकिन्छ । व्यापार तथा निर्यात प्रवर्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

निर्मला प्रकरण  : भारतीय नागरिक १ हजार धरौटीमा छुटे

धनगढी  : कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद भन्दै पक्राउ गरिएका भारतीय नागरिक धरौटीमा छुटेका छन्।कञ्चनपुर प्रहरीले पक्राउ गरेका भारतीय नागरिक अलि हुसेन एक हजार रुपैयाँ धरौटीमा छुटेका हुन्। उनलाई जिल्ला प्रशासन कार्यालयले एक हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेको बताइएको छ।हुसेनलाई निर्मला प्रकरणमा नभएर अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ। तर, उनको गतिविधि निर्मला प्रकरणमा पनि शंकास्पद देखिएको कारण डिएनए परीक्षण गरिएको जिल

बालबालिकाका लागि आवासीय स्रोत कक्षा सञ्चालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीमा रहेको शिवशंकर माध्यमिक विद्यालयमा कोरोना महामारीका कारण बन्द भएको बौद्धिक अपांगता आवसीय स्रोत कक्षा सञ्चालनमा ल्याइएको छ । बौद्धिक अपांगता भएका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको स्रोत कक्षा कोरोनाको सङ्क्रमण घट्दै गएपछि सञ्चालनमा ल्याइएको हो ।      कोरोनाका कारण झण्डै दुई वर्ष कक्षा प्रभावित भएको थियो । कक्षामा ५ वर्ष पुरा भई १४ वर्ष ननाघेका १० जना बालबालिकालाई राखिएको छ । कक्षामा सुदूरपश्चिम प्रदेशका बैतडी, कैलाली र कञ्चनपुरका गरी तीन जिल्लाका बौद्धिक अपांगता र सुस्तमनस्थिति भएका बालबालिकाको बोली, भाषा, आनीबानी र व्यवहार परिवर्तनका लागि राखिएको विद्यालयका प्रधानाध्यापक विष्णुदत्त जोशीले बताए । फरक क्षमता भएका बालबालिकालाई चित्र, संगीत, नृत्य, श्रव्यदृश्यमार्फत पठनपाठनको व्यवस्था मिलाइएको उनँले बताए । यो कार्यसँगै बौद्धिक अपांगता भएका बालबालिकालाई सरसफाइमा ध्यान पु¥याउने कार्यमासमेत जोड दिँदै आएको उनले बताए । स्रोत कक्षामा सहभागी भई पढ्दै आएका बालबालिकाको हेरचाहका लागि एक जना आया (हेरचाह गर्ने आमा) र एकजना स्रोत शिक्षकको व्यवस्था मिलाइएको छ । विद्यालयले बालबालिकाको पठनपाठनसँगै बस्नका लागि छ वटा आवासीय कक्षा कोठा, भान्सा र शौचालयको व्यवस्था मिलाएको छ ।      बालबालीकालाई पोशाक, शैक्षिक सामग्री, बस्नका लागि बेड, बेडसिट, सिरक, गद्दा, टुथपेष्ट, ब्रस, साबुनलगायत आवश्यक सामग्रीको व्यवस्था विद्यालयले मिलाएको छ । सशर्त अनुदान कार्यक्रममार्फत स्रोत कक्षा सञ्चालनका लागि विद्यालयलाईप्रति विद्यार्थी ४० हजारका दरले १० महिनाको अनुदान रकम उपलब्ध गराइँदै आएको छ । सोही खर्चमा कक्षा सञ्चालन हुने गरेको छ । ‘हाललाई विद्यालयकै भवनमा स्रोत कक्षा सञ्चालन गरेका छौं,’ उनले भने, ‘छात्रावास, खानेपानीसँगै घेरावारको अभाव छ । त्यसका लागि नगरपालिका र प्रदेश सरकारलाई गुहार्दै आएका छौं ।’ आयालाई १३ हजार ४५० मासिक तलब र स्रोत शिक्षकलाई मासिक ५०० भत्ता दिने व्यवस्था गरी नियुक्त गरिएको छ । विसं २०७४ देखि सञ्चालन भएको स्रोत कक्षामा सहभागी भई उमेर पूरा भएपछि चारजना बालबालिका घर फर्किएका छन् । ‘बौद्धिक अपांगता र सुस्तमनस्थितिका बालबालिकालाई विद्यालयमा जुनसुकै समयमा पनि भर्ना गर्न सकिन्छ,’ प्रअ जोशीले भने, ‘बौद्धिक अपांगता र सुस्तमनस्थिति भएका बालबालिकालाई अभिभावकले विद्यालयमा भर्ना गर्न ल्याए भर्ना लिन्छौं ।’ प्रचलित नियम अनुसार पाउने सबै सुविधा प्रदान गरी आनीबानी सुधारसँगै पठनपाठनको व्यवस्था हुन्छ । घरको वातावरण भन्दा राम्रो गरी स्याहारसुसार गर्छौं ।’

सवारी चालकलाई सम्मान

कञ्चनपुर– कञ्चनपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले आज सात सार्वजनिक यातायातका चालकलाई सम्मान गरेको छ । लामो समयदेखि यहाँ यात्रुबाहक बस चलाउँदै आएका अग्रज चालकले ट्राफिक नियम पालन गरेका, दुर्घटना नगराएका र यात्रुलाई सम्मानजनक व्यवहार गर्ने गरेकाले सवारी चालक अनुशिक्षण तथा अन्तक्रियामा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख पुरुषोत्तम कँडेलले सम्मान गरेका हुन् । सम्मानित हुनेमा महाकाली यातायात […]

२५ हजार धराैटी बुझाएर रिहा भए भीमदत्तका वडाध्यक्ष

कञ्चनपुर : महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष रामनाथ २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।  जिल्ला अदालत कञ्चनपुरले आज उनलाई धरौटीमा रिहा गरेको हो। अभद्र व्यवहार गरेका भन्दै ब्रह्मदेवकी एक महिलाले नाथविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको जाहेरी दर्ता गर...

शुक्लाफाँटाको शिक्षा शाखामा तालाबन्दी

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखामा मंगलबार तालाबन्दी गरिएको छ। नगरपालिका-६ कसरौलमा रहेको  बैजनाथ माविका प्रधानाध्यापक वीरेन्द्रसिंह माथि अभद्र व्यवहार गरिएको जनाउँदै नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा तालाबन्दी गरिएको छ। प्रधानाअध्यापक सिंहमाथि विद्यालय व्यवस्थापन समिति गठनको विषयलला...