कञ्चनपुर । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारी हत्यारालाई कारबाही गर्न माग गर्दै राष्ट्रिय जनमोर्चा कञ्चनपुरले विरोध सभाको आयोजना गरेको छ ।
सोमबार कृष्णपुरको गुलगरियामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राजमो जिल्ला अध्यक्ष रामबहादुर कार्कीले तत्काल हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्नुभयो । उहाँले शान्तिपूर्ण प्रदर्शनका क्रममा आइतबार काठमाडौंमा विद्यार्थी नेताहरुलाई गिरफ्तारी गरिएको भन्दै आपत्ति पनि प्रकट गर्नुभयो ।
कार्यक्रमलाई तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी र जातीय समता समाजका महासचिव गोबिन्द विकले पनि सम्बोधन गर्नुभएको थियो । विरोध सभाको सञ्चालन राजमो जिल्ला सदस्य चक्र रैकालले गर्नुभएको थियो ।