शंकरप्रसाद पोख्रेल, गुल्मी ।
राष्ट्रिय जनमोर्चा, गुल्मीले ‘संगठन र संघर्ष’ अभियानलाई निरन्तरता दिएको छ । अभियान अन्तर्गत शनिबार धुर्कोट गाउँपालिकाको हाडहाडेमा विरोध सभाको आयोजना गरिएको छ भने मुसिकोट नगरपालिका–३ स्थित खिल्लिमा संगठन निर्माण भएको छ ।
राजमो धुर्कोट गाउँपालिकाले हाडहाडेमा प्रतिनिधि सभा विघटनविरुद्ध बिरोध सभा आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथि राजमो जिल्ला सचिव छबिलाल सर्तुङ्गीले ओली सरकारले चालेको असंवैधानिक कदमको बिरोध गर्नुभएको थियो ।
साथै उहाँले देशमा संघीयता असफल भैसकोले खारेज गर्न माग गर्नुभयो । त्यसै गरी उहाँले बैतडीकी भागिरथी भट्टका हत्यारा र बलात्कारीलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको थियो ।
मुसिकोटको खिल्लिमा टोल समिति
यता, मुसिकोट नगरपालिका वडा नं ३ अन्तरगत खिल्लिमा राजमोको टोल समिति गठन गरिएको छ । शनिबार सम्पन्न भेलाबाट केयरसिंह पाण्डेको अध्यक्षतमा ९ सदस्यीय खिल्ली टोल समिति गठन गरिएको हो ।
जस्को सचिवमा प्रकाश पाण्डे, कोषाध्यक्ष कमला पाण्डे, सदस्यमा लक्ष्मण पाण्डे, सुमित्रा पाण्डे, विष्णु पाण्डे, सिता पाण्डे रहनुभएको छ भने दुई स्थान रिक्त राखिएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष जीवन राना, जिल्ला सचिव छविलाल सर्तुङ्गी, जिल्ला सदस्य हरि न्यौपाने वैकल्पिक सदस्य देब रायमाझीको उपस्थिति रहेको थियो ।