काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव मुकुल ढकालले ढाकाकुमार श्रेष्ठसँग पैसा मागेको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।केही सञ्चारमाध्यममा आफू र पार्टी उपसभापति डीपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचारको पुष्टि गर्न चुनौती दिएका छन्।पार्टीबाट निष्काशित ढाकाकुमार श्रेष्ठले आफूलाई समानुपातिक सांसद बनाउँदा अर्याल र ढकालले उक्त रकम लिएको दावी गरेका थिए। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड ५० लाख रुपैयाँ मागेको टेलिफोन संवाद बाहिरिएपछ